Headline

के यो बर्ष लिभरपुलकै हुन्छ त ?

पछिल्लो २९ बर्षदेखि लिभरपुल फ्यानहरु प्रिमियर लिग ट्रफि कुरेर बसिरहेका छन् । क्लोप आफैले एनफिल्डको बागडोर सम्हाल्न थालेको चार बर्ष पुरा भइसकेको छ ।

Published

on

नेक्स्ट सिजन इज आवर्स (अर्को बर्ष त हाम्रो हो)– लिभरपुलका फ्यानहरुको हरेक इङ्गलिस प्रिमियर लिग सिजन यही वाक्यसँगै अन्त्य हुने गरेको छ । तर १९९१ देखि चल्दै आएको यो भनाइमा जर्मन म्यानेजर योर्गेन क्लोपले यो सिजन पूर्णबिराम लाउने छाटकाँट देखाएका छन् ।

यो सिजनको क्रिसमस  ब्रेक अघिको अन्तर्राष्ट्रिय बिश्राम सम्म लिभरपुल शिर्ष स्थान मा कायमै रहेको छ । उसले दोस्रो स्थानको लेस्टर र तेश्रोेमा रहेको चेल्सीसँग समान ८ अंक को दूरी पनि कायम राखेको छ । अहिले लिभरपुलको खेलमा जुन  प्रगति आएको छ त्यसको श्रेय क्लोपलाइ नै जान्छ ।

क्लोप तिनै व्यवस्थापक हुन् जसले लिभरपुललाई २००६ पछि पहिलो पटक २०१९ को यइएफए च्याम्पियन्स लिगको बिजेता बनाए । यो सफलताको लागि क्लोप लिभरपुलका फ्यानहरुको मन खुलेर तारिफ गर्ने गर्दछन् ।  फ्यानहरुले देखाएको धैर्यता र विश्वासको लागि आफू सधै आभारी रहेको क्लोप बताउछन् ।  आभारी नहुन् पनि कसरी ? पछिल्लो २९ बर्षदेखि लिभरपुल फ्यानहरु प्रिमियर लिग ट्रफि कुरेर बसिरहेका छन् । क्लोप आफैले एनफिल्डको बागडोर सम्हाल्न थालेको चार बर्ष पुरा भइसकेको छ । तर अन्य व्यवस्थापक र क्लोपमा भने फरक छ ।

सन् २०१५ को अक्टोबरमा लिभरपुल ओर्लिएका उनि कसैले नपत्याएको लिभरपुल टिमलाई सन् २०१८ को च्याम्पियन्स लिगको फाइनलसम्म डो¥याए । पहिलो सिजन लिभरपुल बसाइ सोचे जस्तो नभएपनि क्लोपले ध्वस्त क्लबलाई युरोपा खेल्न योग्य सम्म बनाए ।  दोस्रो सिजन उनले आफ्नो पुरानै नीतिबाट सानो क्लबको ठूला खेलाडी भित्राउन थाले, जस्तै साउथह्याम्टन स्टार सादिओ माने, साल्केका जोल माटिप, जर्मन कल्ब माइन्जका क्यारियस र अर्का ठूला ट्रान्सफर थिए न्युकासलका जोर्जिनियो वाइनाल्डम ।

लिभरपुलका समर्थकहरुले त्यति बेला क्लोपमाथि आशा राखे जब उनले सन् २०१५ मा आठौं स्थानमा रहेको क्लबलाई अर्को दुई सिजन चौथो स्थानसम्म उकासे । शायद यहीबाट शुरु भएको थियो लिभरपुलमा क्लोपतन्त्र ।  आफूले सोचे जस्तो मजबुत टोली बनाउनका लागि कस्तो खेलाडी भित्राउने र कस्लाई रिलिज गर्ने राम्रो ज्ञान भएका क्लोपले सन् २०१७ मा मोहम्मद सलाह, डोमिकि सोलंकी र एलेक्स अक्सलेज च्याम्बर्लेनलाई एनफिल्ड ल्याए ।

क्लबमा राम्रो प्रभाव जमाएर राखेका ब्राजिलियन मिडफिल्डर काउटिन्होले बार्सिलोना रोजेर जादा उनले खासै पछूलो नभएको भन्दै बोल्ड अभिब्यक्ति समेत दिए ।  २०१८ को शुरुवात मै लिभरपुल पहिले जस्तो थिएन । अग्रपंक्तिमा सलाह, माने र फर्मिनोलाई राख्दै उसले आक्रमक फुटबल खेल्न शुरु गरिसकेको थियो । २०१८ को पहिलो खेल देखि नै  देखिन्थ्यो क्लोपमा प्रिमियर लिगको भोक । सबै पक्षमा अब्बल देखिन थालेको लिभरपुरलाई राइट ब्याकको कमि थियो र त्यसको लागि उनले क्लबकै उत्पादन ट्रेन्ट एलेक्जेण्डर–आर्नोल्डको सहि सदुपयोग गरेर देखाइदिए । अहिले उनी बिश्वकै उत्कृष्ट राइट ब्याकमा पर्दछन् ।

२०१७–२०१८ शुरुवात देखि लिभरपुल आक्रमक भएपनि आफ्नो लय समात्न नसकेपछि च्याम्पियन्स लिगलाइ मूख्य चुनौती मान्दै अघि बढ्यो । गत सिजन च्याम्पियन्स लिगको उपाधि जित्न सफल लिभरपुलका समर्थकहरुको मनोबल उच्च छ । उति नै उच्च छ क्लोप र लिभरपुल टिमकै मनोबल ।

च्याम्पियन्स लिगको उपाधिसँगै क्लोपले लिभरपुललाई बिश्वकै उत्कृष्ट क्लब बनाइसकेका छन् तर इङ्गलिस प्रिमियर लिगको उपाधि जित्नको लागि उनलाई त्यति सजिलो भने हुने छैन ।   यद्दपी, उपाधिको परस्पर दाबेदार म्यानचेस्टर सिटीलाई ३–१ ले पराजित गर्दै लिभरपुलले यसपटक अझै सशक्त दाबेदारी प्रस्तुत गरिसकेको छ । के यसपटक भन्लान त लिभरपुल समर्थकले दिस सिजन इज आवर्स -यो सिजन हाम्रो हो) ?

Click to comment

Trending