Headline

युद्धदेखि विम्बल्डनसम्मः कसरी बेलग्रेडको बमबारीले जोकोभिचको टेनिस करिअरलाई आकार दियो

Published

on

सडकबाट माथि हेर्दा देखिने यो कंक्रिट बिल्डिङ्ग बेलग्रेडमा छरिएर रहेका ब्रुटलिस्ट आन्दोलनका भवनहरु भन्दा भिन्न देखिदैन । भित्र जाँदा पहिलो तल्लाको बायातर्फ रहेको सेतो ढोकालाई जेलको शैलिका ठाडो फलामे छडले सुरक्षित बनाएको छ । यो नोभाक जोकोभिचका हजुरबुवा भ्लादिमिरको घर हुने गर्दथ्यो ।

सन् १९९९ को मार्च देखि जुनसम्म नेटो सैनिकले सर्वियन राजधानी बेलग्रेडमा बमबारी गरिरहदा बिश्व नं एक टेनिस पुरुष टेनिस खेलाडी जोकोभिच यहि बस्ने गर्दथे ।

जब टाउको नै पड्केला जसरी हवाई हमलाको साइरन बज्थ्यो, पुस्तौ देखि बस्दै आएको जोकोभिच परिवार, सँगै रहेका छिमेकी र साथीहरु, यहि भवनको तल्लो भ¥याङ्ग हुदै बेसमेन्टमा गएर बस्ने गर्थे । यो जोकोभिचलाई जोकोभिच बनाउने काल खण्ड थियो । उनको जिन्दगी कसरी अघि बढ्छ भनेर निर्धारण गर्ने समय ।

विम्बल्डनमा स्विस लिजेण्ड रोजर फेडेररलाई म्याराथन फाइनलमा हराउदै जोकोभिच अहिले १६ पटकको ग्राण्ड स्लाम बिजेता भइसकेका छन् । मे १९९९ मा जोकोभिचले १२ औं जन्मदिन मनाउदै गर्दा दशकौं लामो युद्धले बाल्कनलाई छिया–छिया पारिसकेको थियो र बेलग्रेड यसको केन्द्रबिन्दु थियो । दुई दशकपछि पनि कसरी नेटोले सर्बियामा ११ हप्तासम्म सर्बियन सैनिकहरुलाई कोसोभोबाट भगाउनका लागि आक्रमण गरेको थियो भनेर त्रासका साथ सम्झिने गरिन्छ । सर्बियालाई आदिवासी अल्बानियनहरुको बिरुद्ध अत्याचार गरेको आरोप लाग्दै आइरहेको थियो ।

“जब अलार्म बज्थ्यो र हवाई जहाजको आवाज आउथ्यो, बमले कहा हान्थ्यो कसैले केही भन्न सक्दैन थिए,” जोकोभिचको हजुरबुवाका साथि र छिमेकमा बस्ने गरेका जोरजो मिलेनिचले सम्झिए । “उनीहरुलाई जता मन लाग्थ्यो, त्यही बम हान्थे । उनिहरुले पुलमा बम हाने, हस्पिटलमा हाने, गर्भवती महिलाहरु पनि मारे,” उनको आवाज मत्थर हुदै जान्छः “एकदम गाह्रो थियो , एकदम गाह्रो थियो ।”

बेलग्रेडको प्रमुख शहरी क्षेत्रबाट ७ किलोमिटर दक्षिणतर्फ बान्जिका नाम गरेको आवासीय क्षेत्र छ । त्यहाका स्थानीयले यसलाई औषत उपनगर भन्ने गर्छन किनभने यहाँ धेरै जसो मध्यम बर्गिय परिवारहरु औषत मुल्यमा ठूला बिल्डिङ्गहरुमा बस्ने गर्छन् । आफ्ना नजिकका मान्छेहरुको बीचमा भ्लादा नामले चिनिेने जोकोभिचका हजुरबुवा यहा आफ्नो मृत्युभन्दा अघि सन् २०१२ सम्म दुईवटा बेडरुम भएको फ्ल्याटमा बस्ने गर्दथे ।

अहिले यो फ्ल्याटमा कोही नबसेपनि, जोकोभिचकी एक काकी, जो हाल स्विट्जरल्याण्डमा बस्ने अनुमान गरिएको छ, को नाममा रहेको छ । यद्दपि यो पृष्ठभुमि कसरी जोकोभिच एक सामान्य शुरुवात गर्दै टेनिसका महान खेलाडी बन्ने पुगे भनेर जोडिएको छ ।

आफ्ना तीन छोराहरु नोभाक, मार्को र कान्छा जोर्दे को रेखदेखका लागि पैसा कमाउन जोकोभिचका बुवा सर्जन र आमा दिजाना धेरै जसो बेलगे्रड बाहिर रहने भएकाले तीन दाजुभाइहरु हजुरबुवाको बीचमा हुर्किएका थिए । बेलग्रेडबाट गाडीमा चार घण्टाभन्दा बढी लाग्ने कोपाओनिक भन्ने पहाडी इलाकामा बस्ने गरेका उनीहरु दिनमा स्कि सिकाउथे भने साझ र राति आफ्नै रेष्टुरेन्टमा पिज्जा बेच्ने गर्दथे ।

जोकोभिचको उदाउदो टेनिस करिअर र परिवारको पालन पोषणका लागि सर्जन र दिजाना अनवरत काममा लागिरहन्थे । छोराहरुको शिक्षामा कुनै बाधा अड्चन नहोस भनेर नै सर्जन र दिजानाले आफ्ना छोराहरुलाई हजुरबुवाकोमा छोडेका थिए ।
“हामी ब्यवहारिक रुपमै बेसमेन्टमा बस्ने गथ्र्यौ । जो अटाउन सक्छ, उनिहरु बेसमेन्टमै आउथे । यसको लागि कुनै रोकटोक थिएन,” जोकोभिचले सन् २०११ मा एक अमेरिकन टिभिलाई भनेका थिए । “बमबारीको कारण हामी साँढे दुई महिनासम्म बिहान दुई या तीन बजेसम्म जागेर बस्थ्यौं । शायद यस्तै अनुभवले नै मलाई च्याम्पियन बनायो, बलियो बनायो र सफलताको भोक जगायो ।”

बान्जिकामा बस्दै आइरहेका धेरै मान्छेहरुलाई जाकोभिचको परिवारको बारेमा थाहा छ । कतिले त बेसमेन्टमा बसेको अनुभव पनि सुनाउने गरेका छन् । ३१ बर्षिया मिलिका मिलिभेजोभिच जोकोभिच बसेको फ्ल्याटमाथि नै बस्ने गर्थिन् । जोकोभिच बस्ने गरेको बेसमेन्टमा २० देखि ३० जनासम्म रहेको उनीलाई याद छ । त्यो ठाँउको ओस र आद्रता उनको मस्तिष्कमा अझ ताजै छ । “हामी बमबारी भइरहेको सुन्थ्यौं, तर बेसमेन्टमा हुँदा भने होइन । बाहिर हुँदा हामीले अभालामा बमबारि भएको सुनेको थियौं,” उनी सम्झिन्छिन् ।

बेलग्रेडको छेवैमा रहेको पहाडी इलाका अभालामा टेलिकम्युनिकेशन टावर रहेकाले त्यो ठाँउलाई निशाना बनाइने गरिएको थियो । “साथिहरु, बिशेषगरि धेरै साना बच्चाहरु, सबै बेसमेन्टमा जम्मा हुन्थे । हामी त्यहा बोर्ड गेमहरु खेल्थ्यौं । केही जवान हुँदै गरेका बच्चाहरु भने आफूलाई भुलाउनका लागि मदिरा पिउने र लागु पदार्थ सेवन गर्ने गर्थे । त्यहा धेरै कुराहरु भइरहेका थिए,” मिलिभेजोभिचले हास्दै सुनाइन् ।

आफ्नो लक्ष्य भनेको विम्बल्डन जित्नु रहेको भन्दै सानैमा राष्ट्रिय टेलिभिजनमा देखा परिसकेका जोकोभिच अन्यको तुलनामा निकै कठिन कृयाकलापहरुमा संलग्न रहन्थे । उनि त्यति बेला देखि नै बिश्व नं एक टेनिस खेलाडी बन्ने लक्ष्यका साथ अघि बढिरहेका थिए । बोग्डान ओब्राडोभिचले टेनिस र राजनीतिको दबदबा रहेको आफ्नो जिन्दगीमा धेरै कुरा देखिसकेका थिए । जुनियरका रुपमा निकै नै कुशल खेलाडी रहेका, ओब्राडोभिच १८ बर्षको उमेरमै प्रशिक्षक भैसकेका थिए । सर्जनले टेनिस सिकाइदिनका लागि ओब्राडोभिचको अगाडी ल्याउदा जाकोभिच जम्मा १० बर्षका थिए ।

पछि ओब्राडोभिच सर्बियाको डेविस कप कप्तान पनि भए । उनकै नेतृत्वमा सर्बियाले आफ्नो खेलकुद इतिहासकै उत्कृष्ट जित हात पार्दै सन् २०१० मा डेविस कपको उपाधि जित्यो । उक्त टोलिमा जोकोभिच पनि थिए । ५२ बर्षिय ओब्राडोभिच अहिले सर्बियाका सांसद छन् ।

“नोभाकको बुवा र मेरा साथिहरु साझा थिए। शायद उनिहरुले नै मैले जोकोभिचलाई खेल्न मद्दत गर्न सक्ने सुझाव दिएका थिए होलान । हामीले एउटा अभ्यास ग¥यौं र म अचम्ममा परे,” उनले भने । “उनी पूर्ण रुपमा तयार थिए । उनले वार्म अप गरे, एक बोटल पानि, केरा, रुमालका साथै चाहिने सबै बन्दोबस्तीका सामानहरु लिएर आएका थिए । निकै सानो उमेरमा खेल्ने बच्चाबाट मैले यस्तो अपेक्षा नै गरेको थिइन ।”

त्यति खेर २५ किलो बजन रहेका जोकोभिच टेनिसमा उत्कृष्टताको पथमा अघि बढिसकेको उनलाई थाहा थियो । बमबारीको समयमा ओब्राडोभिच र जोकोभिच हरेक दिन सँगै काम गर्दै बेलग्रेड वरिपरि पैसा तिर्न नपर्ने टेनिस कोर्ट खोज्दै हिड्ने गर्थै । “त्यो समय नोभाक लोकप्रिय भैसकेकाले उनलाई सबैले मद्दत गर्थे । हामीले बिभिन्न क्लबहरुमा अभ्यास ग¥यौं । त्यसरि नै चल्नुपर्ने स्थिति थियो ।”

“बमबारीको समयमा हामी निकै नै खराब स्थितिबाट गुज्रिरहेका थियौं । धमाकाको आवाज, मान्छे मरेको समाचार र सबै कुरा तहस–नहस भएका दृथ्यहरु । तर हामी केही गर्न सक्दैनथियौं । त्यही भएर हामीले टेनिसलाई नै रमाइलाको रुपमा लियौं । म सधै नोभाकसँगै हुन्थे । सँगै अभ्यास गथ्र्यौ र हरेक दिन हामीलाई साधारण लाग्न थाल्यो । उनि एकदमै केन्द्रित थिए,” ओब्राडोभिच सम्झन्छन् ।

जोकोभिच प्राय पार्टिजन टेनिस क्लबमा प्रशिक्षण गर्थे । पार्टिजन सर्बियाको सबै भन्दा सफल खेलकुद क्लबमध्ये पर्दछ । पार्टिजनले सर्बियाको राष्ट्रिय फुटबल प्रतियोगिता नै २८ पटक जितिसेकको छ भने उसको बास्केटबल, वाटर पोलो र भलिबल टिमहरु पनि छन् ।
दुसान ग्रजिच पछिल्लो २२ बर्षदेखि पार्टिजनका अध्यक्ष छन् र जोकोभिचको मुटमा नै यो क्लब रहेको मान्छन् । “जब कोही मान्छै ११ बर्षसम्म एउटा क्लबमा बिताउछ भने मलाई थाहा छैन यसलाई अर्को रुपमा कसरी लिइन्छ,” उनले भने । “नोभाक शरुवाती केही दिन कोपाओनिकमा थिए । उनि ६ बर्षको हुँदा पार्टिजनमा आए । हामीले उनलाई जे चाहिन्छ त्यही दिने गथ्र्यौ ।”

पार्टिजनले आफ्नो क्लबहाउसमा निकै गर्वका साथ उसको सबैभन्दा प्रिय छोरा जोकोभिच र २००८ कि फ्रेञ्च ओपन च्याम्पियन आना इभानोभिचका तस्विरहरु राखेको छ । त्यसमध्ये एकमा युवा अवस्थाका जोकोभिच सानो देखिका साथि इभानोभिचको छेउमा पार्टिजनको बेसबल क्याप र गलबन्दी लगाएको देखिन्छन् ।

जोकोभिचका छिमेकी जोर्जो मिलेनिचले भ्लादालाई जाकोभिच र इभानोभिचको बिवाह हुनु पर्ने पनि बताउने गरेका थिए । ७५ बर्ष पुरानो पार्टिजनको क्लबहाउस मिलाउने जिम्मेवारी पाएका ड्रागान गाभ्रिलोभिच टेनिसको कुरा गर्न पाउदा निकै खुशि हुने गर्छन । खल्तिबाट चुरोट निकाल्दै उनी भन्छनः “जब नोभाक १२ देखि १५ बर्षका थिए, शहर भरिका मानिसहरु जम्मा भएर यहाँ उनको खेल हेरेर बस्थे । उनीहरु र हामीलाई पनि थाहा थियो कि नोभाक ठूला उपलब्धिका लागि जन्मेका हुन भनेर । उनीहरु इतिहास बनेको हेर्न चाहन्थे ।”

बान्जिकामा बिगत ४० बर्षदेखि बस्दै आइरहेकी एक महिला भन्छिन्ः “जोकोभिचको बारेमा लेखिनै पर्छ । उनी स्वर्गबाट आएका हुन् । मानव होइनन तर एकदमै सामान्य मानिस हुन्,” सँगैको एक फुटबल मैदान देखाउदै उनी थप्छिन्ः “यो त्यही मैदान हो जहाँ उनी फुटबल खेल्थे । उनले निकै मिहिनेत गरेको समय । त्यसपछि उनि प्रख्यात भए । तर एक दिन वा एक छिनको लागि भएपनि उनी यहाँ आउने गरेका छन् ।”

आफ्नो परिचय खुलाउन आनाकानी गर्दै उनी अब धेरै नबोल्ने भन्दै जान्छिन् तर केही छिनपछि जोकोभिचलाई लिएर आउने गर्व र मायाका बारे सुनाउन आतुर हुदै फेरि फर्कन्छिन । बमबारीमा बेसमेन्टमा बसेका धेरै मान्छेहरु मध्ये उनी एक थिइन् । बमबारीको कुरा आएपछि उनी फेरि आनाकानी गर्छिन ।

“यस बिषयमा कुरै नगरौं । निकै नै नाजुक घडिमा तपाइका छिमेकीहरुले के गरेका थिए यो भन्दा राम्रो हुदैन ।” तैपनि उनी थप्छिन्ः “जब हामी त्यहा थियौं मैले बच्चाहरुलाई सर्बिया छोडर जान भनेको थिए । त्यो समयमा हामिलाई लागेको थियो उनिहरुले सर्वसाधारण माथि आक्रमण गर्दैनन् । तर गरि छाडे ।”

संसारकै सबैभन्दा शक्तिशाली क्षेत्रीय सुरक्षा गठबन्धन नेटो (उत्तरी एट्लान्टिक सन्धि सँगठन) ले सन् १९९९ मार्च २४ देखि सर्बियामा आक्रमण गर्न थालेको थियो । कोसोभोमा जातीय सफायाको आरोपमा युगोस्लाभ नेता स्लोबोडान मिलोसेभिचको शासनलाई लक्षित गर्दै उनको सेना हटाई अन्तर्राष्ट्रिय शान्ति सेनालाई राख्न सर्बियामा आक्रमण गरिएको थियो ।

युगोस्लाभ सेना कोसोभोबाट फर्र्किएपछि जुन १०, १९९९ मा बमबारी बन्द भएको थियो । मानवीय संकट हुनबाट रोक्न आक्रमण गर्न आवश्यक रहेको नेटोले बताएपनि ह्युमन राइट्स वाचले भने कतिपय आक्रमण गैरकानुनी रहेको प्रतिवेदन सार्वजनिक ग¥यो ।
बेलग्रेडका गल्लिहरुमा नेटो र यो सँगठनमा रहेका देशहरुलाई लिएर अझै पनि ब्यापक असन्तुष्टि रहेको छ भने घाउहरु अझै भित्रसम्म गाढिएर बसेका छन् । कोसोभो अझै पनि मुख्य मुद्दाको रुपमा रहेको छ । पार्टिजन टेनिस क्लबको बाहिर अहिले पनि एउटा राजनीतिक सन्देश कायम छः “कोसोभो सर्बियाको पवित्र भुमि हो ।”

धेरैलाई लाग्छ पश्चिमा मिडियाहरु सर्बियालाई नराम्रो देशको रुपमा प्रचार गर्न लालायित हुन्छन् । “मानिसहरुलाई लाग्छ हामी नराम्रो मान्छे हौं,” ३७ बर्षिय ट्याक्सी चालक जर्ज मिटिच भन्छन् । “तर उनीहरु आफै आएर हेर्ने गर्दैनन । समाचार मात्र हेर्ने हो भने पनि उनीहरुको धारणा परिवर्तन हुन्छ ।”

स्पोर्ट क्लबका पत्रकार शासा ओज्मो जोकोभिच आफ्नो देशलाई प्रचार गर्नका लागि राम्रो समझदारी भएको राष्ट्रिय नायकको रुपमा रहेको बताउछन् । “उनी बाहिरि दुनियाका लागि मात्र नभएर आफै भित्र पनि राम्रो दुत हुन्,” ओज्मोले भने । “उदाहरणका लागि क्रोएसियासँगको पुरानो दुश्मनी नै हो । क्रोएशियासँग युद्ध भयो र यो अझै पनि ताजै छ । तर जोकोभिच खुलेरै क्रोएशियाली राष्ट्रिय फुटबल टिमको समर्थन गर्छन । यो सर्बियाका धेरै मान्छेहरुलाई पच्दैन तर उनी धारणा परिवर्तन गर्न चाहन्छन् । उनी यस्तो जिम्मेवारीका लागि निकै राम्रो छन्,” उनी भन्छन् ।

हालै गरिएको पत्रपत्रिकाहरुको सर्वेक्षणमा युवाहरुलाई तपाईले सबैभन्दा बढी कसलाई उदाहरणको रुपमा हेर्नुहुन्छ भन्ने प्रश्नमा जोकोभिच पहिलो नम्बरमा थिए । “उनको ब्यक्तित्वसँग सर्बियाका जनताको पहिचान जोडिएको छ । फुटबल र बास्केटबलपछि टेनिस सर्बियामा तेश्रो नम्बरमा आउछ । तर जोकोभिच सबैभन्दा लोकप्रिय छन् ।”

Click to comment

Trending