बिशेष

पेत्रा भितोभाः एक छुरा आक्रमण जुन कसैले सोचेको थिएन, एक पुनरागमन कसैलाई सम्भव लागेकै थिएन

Published

on

“उनि रोइरहेकी थिइन र मलाई नराम्रोसँग काटेको छ भन्दै थिइन् । कसैले उनिमाथि आक्रमण गरेको थियो । उनि रगताम्य थिइन र अब के गरौ भनेर सोधिरहेकी थिइन् ।”

मिरोस्लाभ सेर्नोसेक २०१६ डिसेम्बर २० को दिन उनलाई आएको एउटा फोन कलको बारेमा सम्झिरहेका थिए । टेलिफोनको अर्को तर्फ थिइन् पूर्व बिश्व नम्बर एक टेनिस खेलाडी र दुई पटककी विम्बल्डन च्याम्पियन पेत्रा भितोभा ।

ग्यास बोइलर बनाउने मान्छे भन्दै उनको घरभित्र छिरेको एक ब्यक्तिले भितोभाको घाटीमा पछाडीबाट चक्कु तेस्र्याएको थियो । मुठभेडको क्रममा उनको देब्रे हातको बुढी औला र चोरी औलाको नशा र टेनिस खेल्ने हात काटिन पुग्यो । अरु औलाहरु प्नि नराम्ररी काटिएका थिए । चोरी औला अलिकतिले मात्र चुट्टिन बाकी थियो ।

भितोभा आफू बाच्न सफल भएकोमा एकदमै भाग्यमानी ठान्छिन् । डक्टरहरुले उनलाई फेरि टेनिस खेल्ने सम्भावना १० प्रतिशतभन्दा पनि कम दिएका थिए ।

तर उनले सबै बाधा अड्चनलाई छिछोलिन् र पाँच महिनापछि नै कोर्टमा उत्रिन् । त्यसपछि उनले ८ पटक प्रतियोगिताहरु जितेकी छिन् भने २०१९ जनवरीमा अष्ट्रेलियन ओपनको फाइनलमा समेत प्रवेश गरिन् । मलाई थाहा थियो म कोर्टमा एउटा योद्धा हु भनेर, तर

कोर्टबाहिर म अझै ठूलो योद्धा भएको रहेछु भन्ने चाहि थाहा थिएन, उनि भन्छिन् । ३३ बर्षिय रादिम जोन्द्रा भितोभामाथि गरेको आक्रमणको आरोपमा ८ बर्षको लागि जेल चलान भइसकेका छन् । तर उनले आफ्नो कुनै संलग्नता नरहेको भन्दै अर्को सुनुवाइका लागि अपिल गरेका छन् ।

यो कथामा समेटिएको छ चेक रिपब्लिकको फुल्नेक, जहाँ भितोभालाई साइकलमा पछाडी टेनिस ¥याकेट भिरेर गइरहेको सानी बच्चीको रुपमा देखिन्थ्यो, देखि उनीमाथि आक्रमण भएको प्रोस्तेजोभसम्म बिभिन्न ठाँउका मानिसहरु जसले भितोभाको करिअर बनाउनुका साथै उनलाई महिला टेनिसको सबैभन्दा सालिन मान्छे बनाउन मद्दत गरेका थिए ।

चेक रिपब्लिकको दोश्रो ठूलो शहर ब्रनोबाट मात्र ३५ माइल पर रहेको सानो शहर प्रोस्तेजोभ अन्य सामान्य दिन सरह नै छ । ३२ डिग्रि सेल्सियसका कारण केही आलस्य भएपनि कोही हतारमा छैनन् । आइसक्रिमको ठेला अगाडि मान्छेहरुको लाम लागेको छ, कोही बियरको आनन्द उठाइरहेका छन् र ट्राफिक सकृय रहेको छ ।

यो समय शान्त र सुरक्षित देखिन्छ । यसले नै भन्छ भितोभा गार्डहरुले भरिएको भिआईपि कम्प्लेक्समा नभएर किन एक सामान्य फ्ल्याटमा बसिरहेकी छन् भनेर । भुइ तल्लामा बस्दै आइरहेकी भितोभा बसेको घरको ढोका खुल्लै छ र सुरक्षाको प्रत्याभुति दिने एक मात्र माध्यम एक भिडियो इन्टरकम सिस्टम मार रहेको छ ।

घरलाई घेरेको पर्खालमा स्प्रे पेन्टले साइकोप्याथ लेखिएको छ र अगाडिको ढोकाबाट केही अघिल्तिर एउटा टेनिस बल देखिन्छ । अर्को छेउमा रहेको खरानी रँगको भवनमा सिरक डसनाको पसल, पब, बिउटी पार्लर रहेका छन् भने अन्य छिमेक कम्युनिस्ट समयका फ्ल्याट र रँगीबिरँगी स–सना घरहरु रहेका छन् ।

“यो धनी मान्छेहरु बस्ने ठाँउ होइन, यहँ भितोभाजस्तो मान्छे बस्छिन् भनेर तपाइले सोच्न पनि सक्नुहुन्न,” भितोभाको कोर्ट केसको रिपोर्टिङ्ग गरेका प्रोस्तेजोभका एक टेलिभिजन प्रस्तोता मिकाल कागाला भन्छन् । “यो औसत भवनहरु रहेका सामान्य ठाँउ हो । मलाई प्रोस्तेजोभ निकै सुरक्षित शहर लाग्ने गथ्र्यो । यस्तो शान्त र सानो शहरमा यस्तो घट्ना हुनु अचम्म नै थियो । कसैले पनि सोचेकै थिएन ।”

सिँगो चेक रिपब्लिकमै यस्तो घट्ना घट्न सक्छ भनेर कसैले पत्याउदैन । २०१६ मा सार्वजनिक गरिएको चेक अपराध तथ्यांक अनुसार त्यहाँ ५ हजार ५० हिंसात्मक अपराधका मुद्दाहरु अगाडी आएका छन् जसमध्ये पबमा भएका झगडा र गम्भिर आक्रमण रहेका छन् । अन्य १६३० घट्नाहरु लुटपाटका छन् ।

तुलनात्मक रुपमा इङ्गल्याण्ड र वेल्समा यहि समय सिमामा १० लाख भन्दा बढी हिँसात्मक अपराधहरु भएका छन् । “शायद उनी गलत समयमा गलत ठाँउमा थिइन्,” प्रोस्तेजोभ टेनिस क्लबका म्यानेजर र भितोभाको निकै नजिक रहेका सेर्नोसेकले भने । उनले नै भितोभाको शुरुवाती करिअरका दौरान लगानी गरिदिएका थिए ।

शायद उनी त्यहाँ हुनै नपर्ने थियो । अन्तिम समयमा भएको योजना परिवर्तनपछि भितोभा सेर्नोसेकसँग ब्रनो नगएर त्यो घरमा पुगेकी थिइन् । उनी निस्कन लागेकै समयमा ढोकाको घण्टी बज्यो र त्यो ब्यक्तीले ग्यास बोइलर हेर्न आएको बताए । भितोभाले अदालतलाई आफूले डोपिङ्ग टेस्ट अपेक्षा गरिहेकोले उनलाई भित्र प्रवेश गर्न दिएको बताएकी थिइन् ।

“उनले मलाई तोतो पानिको धारा खोल्न भने र त्यही बेला मेरो घाँटीमा छुरा थियो । मैले छुरालाई दुबै हातले समाते,” ब्रनोको अदालतलाई उनले भनेकी थिइन् । “मैले छुरालाई बायाँ हातले समातेर ताने र जमिनमा लडे । त्यसपछि जहातही रगत थियो ।” त्यसपछि उनले आफ्नो कारमा ब्रनो फर्किरहेका सेर्नोसेकलाई फोन गरिन् । “यो स्तब्ध तुल्याउने घट्ना थियो । जब मेरो मोबाइलको घण्ढी बज्यो मैले सोचे उनको कारमा केही समस्या आयो होला । मैले एम्बुलेन्स र प्रहरीलाई फोन गरे,” ७१ बर्षिय सेर्नोसेकले भने ।

सेर्नोसेकले त्यसपछि चेकका कहलिएका फिजियोथरापि प्रोफेसर पाभेल कोलारलाई फोन गरे जसले हातका सर्जन राडेक केब्रलीलाई सम्पर्क गर्न सल्लहा दिए । त्यहाँबाट भितोभालाई सेर्नोसेकले १ सय ४५ माइल पर रहेको केब्रलीकोमा शल्यक्रियाका लागि लिएर गएका थिए । “रगत धेरै बगेकोले उनी कमजोर भएको थिइन् । तर उनी निकै बहादुर रहेकोले हस्पिटल नपुगुञ्जेल सम्म त्यो कति खतरनाक थियो भने कसैले पत्तो नै पाउन सकेको थिएन । हामीलाई त उनको टेनिस करिअर समाप्त भयो जस्तो लागेको थियो । मसँग आएको भए त्यो घट्ना नै घट्ने थिएन,” सेर्नोसेक थप्छन् ।

भितोभाको चार घण्टा अपरेशन चल्यो । डाक्टरहरुले उनको करिअर समाप्त हुने र केही औलाहरु प्नि गुमाउनु पर्ने बताउदै आएका थिए । “तस्विरमा हेर्दा जब औला झुण्डिरहेको देख्यौं, अब यो केटी कहिले पनि खेलमा फर्किन नै सक्दैन भन्ने भयो । उनी मानसिक रुपमा बलियो थिइन् र प्रतिभावान भएकोले नै यो सबै सम्भव भएको थियो । अरु मानिसले उनको स्थितिमा शायद आफ्ना हातले कलम पनि समात्न सक्दैनन् । तर उनीलाई टेनिको ¥याकेट समाउनु थियो,” सेर्नोसेक भन्छन् ।

आक्रमण भएको तीन दिन पछि नै हातमा ब्याण्डेज लगाएर एउटा पत्रकार सम्मलेन गर्दै भितोभाले आफू फर्कनको लागि सब थोक गर्नको लागि तयार भएको बताइन् । उनलाई कम्तिमा पनि ६ महिना आराम गर्नको लागि सुझाव दिइए पनि पाँच महिनापछि उनी फ्रेञ्च ओपन खेल्न पुगिन् । उनको खाना खाने समय पनि आफू ठीक हुनका लागि नै जान्थ्यो ।

“डिनर गरिरहेको समयमा पनि उनको टिमबाट कसैले उनको हात समातेर मसाज गरिरहेको हुन्थ्यो । पहिलो ६ महिना, एक बर्ष, उनी डिनरमा एक चम्चा पास्ता खादै हात मसाज गर्न लगाउथिन्,” सेर्नोसेक भन्छन् ।  उनको बायाँ हात अझै पनि पूर्ण रुपमा चल्न सकेको छैन र चोरी औला र बुढी औलाको टुप्पोले केही महसुस गर्न सक्दैन । तर उनको जित्ने दृढता भने जस्तोको तस्तै छ । भितोभा सधै दृढ रहदै आएकी छिन्, शुरुवात देखि नै ।

फुल्नेकमा मारि भालोभा कम्युनिस्ट समयमा पानेलकी नामले चिनिने केही सामान्य कंिक्रट फ्ल्याटहरु तर्फ इँगित गर्छिन् । यही शहरमा नै भितोभा आफ्नो साइकलमा चढेर टेनिस कोर्ट जाने गर्थिन् ।  एक किलोमिटरको दुरिमा रहेको उक्त ट्रेनिङ्ग सेन्टरमा भितोभा १५ बर्षको उमेरसम्ममा दुईवटा टेनिस कोर्टमात्र हुने गथ्र्यो । “अन्य खेलहरु खेल्नका लागि फुल्नेकमा सम्भव थिएन । यसका लागि लामै दुरि तय गर्न पथ्र्यो । हामीले उनलाई कुनै न कुनै खेलमा लगाउनु प¥यो भनेर नै टेनिस सिकाउन पठाउने गथ्र्यौ,” उनको बुवा जिरि भन्छन् ।

“उनीले कहिल्यै म जान्न भनिनन् र यस बिषयमा कुनै कुरा नै उठेन । उनी निकै आज्ञाकारी थिइन् । उनीलाई लिएर हाम्रो कुनै ठूलो लक्ष्य थिएन र कहिल्यै साचेनै उनी यति प्रख्यात हुन सक्छिन् भनेर । उनको लडाकु स्वभावले नै उनलाई यहाँ सम्म पु¥याएको हो,” जिरी थप्छन् ।
आफ्नो छोरीले प्राप्त गरेको बिशाल सफलताका बावजुद भितोभाका परिवार अझै पनि त्यही फुल्नेककै फ्ल्याटमा बस्ने गर्छन् । उनका छर–छिमेकहरुले भितोभाका परिवारलाई त्यसरी नै भलाद्मी रुपमा लिन्छन् जसरी महिला टेनिस टुरमा भितोभालाई हेरिने गर्छ । भितोभालाई सबैभन्दा बढी सम्झिने क्षण भनेकै उनी घरबाट क्ले कोर्ट जादाको हो ।

“उनि शहरको बाटो हुँदै आफ्ना बुवासँग बाइकमा झोला पछाडी ६ वटा ¥याकेट बोकेर टेनिस सिक्न जान गरेको मलाई अझै याद छ । उनीमा पहिले देखि नै च्याम्पियन बन्ने गुण थियो,” स्थानीय ग्याब्रिएला क्लाबाकोभा सम्झिन्छिन् । भालोभालाई थाहा थियो त्यो गुण कहाँबाट आयो भनेर । “म उनको बुवासँग मिक्सड डबल्स खेल्ने गर्थे र हामी धेरै जसो हार्दै हार्दैन थियौ । उनलाई हार स्विकार्य नै थिएन,” भालोभा भन्छिन् ।

भालोभा पुरै फुल्नेक भितोभामाथि भएको आक्रमणले स्थब्ध रहेको बताँउछिन् । त्यहाँका पबहरुमा यहीँ बिषयमा बढी छलफल चलेको थियो । तर उनले गरेको पुनरागमनले कसैलाई अचम्म पारेन किनभने उनीहरु भितोभालाई चेक सिँह – देशको आर्मीको कोटमा हुने गरेको चिन्ह – को रुपमा लिने गर्थे ।

भितोभा फुल्नेककी हिरो हुन् जहाँ बच्चाहरु उनले खेल्ने गरेको कोर्टको एक मुठ्ठी माटो हातमा लिन्छन्, मात्र यहाँ केही थियो जसमा पेत्रा खेल्ने गर्थिन भन्नको लागि । उनी फुल्नेक शहरको दुई मध्येको एक ठूलो नाम हुन् । १७ औं शताब्दीका दार्शनिक अर्का हुन । उनको अनुहार चेकको दुई सय क्रोन नोटमा राखिएको छ ।

जब भितोभा कुनै ग्राण्ड स्लामको फाइनल खेल्छिन फुल्नेकका स्थानीय उनलाई ठूलो स्क्रिनमा हेर्ने गर्छन । कहि खुशीको आशु छल्किन्छ त कतै राम्रो चेक बियर ।

Click to comment

Trending