Trending

युएस ओपनको नक्कली चेक देखि ३१ लाख पाउण्डसम्म जित्ने आन्दे्रस्कुको कथा

Published

on

तीन बर्षअघि, १६ बर्षीया बियान्का आन्द्रेस्कुले आफ्नै लागि एउटा नक्कली चेक लेखिन । उनले युएस ओपनको बिजेतालाई दिइने चेकको नक्कल गरेकी थिइन् ।

तीन बर्षपछि शनिबार भएको फाइनलमा सेरेना विलियम्सलाई ६–३, ७–५ ले पराजित गरेपछि क्यानेडियन बेरेस्कुले यथार्थमै सक्कली चेक हात पारिन् । त्यसको मुल्य ३१ लख पाउण्ड रहेको छ ।

“मैले निकै लामो समयदेखि यो क्षणको सपना देखिरहेको थिए, आफ्नो करिअरकै पहिलो ग्राण्ड स्ल्याम जितेपछि भावबिह्वल आन्दे्रस्कुले आसु पुछ्दै भनिन् । यो सबै यथार्थ हुनु मेरो लागि साच्चै नै उत्कृष्ट क्षण हो ।” अन्य कुनै पनि टिनएजरहरु जस्तै आन्द्रेस्कु अनपेक्षित परिस्थितिहरुलाई क्रेजी भन्ने शब्दले बयान गर्छिन् । यही शब्द उनले पछिल्लो समय युएस ओपनमा खेलहरु जित्दै जादा मिडियामा बारम्बार प्रयोग गर्दै आइरहेकी छिन् ।  र यसको प्रयोग बिना कुनै कारण भने भएको होइन ।

गत संस्करणमा चोटले सताइएकी आन्द्रेस्कु युएस ओपन छनोटको पहिलो चरणबाटै बाहिरिन पुगेकी थिइन् । उक्त पराजयले उनि डब्लुटीए (उमन्स टेनिस अशोसिएसन) को ¥याकिंङ्गमा २०० स्थान भन्दा बाहिर पुगिन् । तर यो बर्ष उनले लगाएको छलाङ्गका कारण अहिले बिश्वमै सर्वाधिक चर्चा गरिएकी युवा खेलाडीको रुपमा रहेकी छिन् ।

सन् १९९० को दशकमा रोमानियन परिवार बसाइ सरेपछि क्यानडामै जन्मिएकी आन्द्रेस्कुले यो बर्ष अगाडी मात्र ६ वटा टुर म्याचहरु खेलेकी थिइन् । त्यसयता उनले डब्लुटिएका प्रमुख प्रतियोगिता मानिने इण्डियन वेल्स र टोरन्टो ओपनको उपाधि जित्न पुगिन् । यसक्रममा उनी बिश्व नं १५ सम्म छलाङ्ग मार्न पुगिन् र आफुले बटुलेको पुरस्कार राशीमा १७ लाख पाउण्ड जोडिन् ।

ग्राण्ड स्ल्याम च्याम्पियन भएपछि अब उनको उपलब्धि अझै माथि जानेछ । युएस ओपन बिजेता भएर पाउने ३१ लाख पाउण्डसँगै उनि अब बिश्व नं पाँच महिला खेलाडी बन्ने निश्चित छ । अब उनको दायरा क्यानडा र बिश्व टेनिसको परिधिबाट पनि अगाडी जानेछ ।  “मैले कहिलेपनि प्रख्यात हुनेबारेमा सोचिन तर मैले गुनासो गरेको चाहि होइन नि, उनि मुस्कुराउदै भन्छिन् । मेरो लक्ष्य भनेको सकेसम्म बढी ग्राण्ड स्ल्यामको उपाधि जित्दै बिश्व नं एक खेलाडी बन्नु हो । तर ख्याती भन्ने कुरा कहिले पनि मेरो मन मस्तिष्कमा आएको थिएन ।”
अनि पुरस्कार राशी भन्ने प्रश्न गर्दा उनि भन्छिन्ः “मलाई यो बिषयमा केही थाहा नै छैन, त्यसैले नसोध्नु । मैले कहिले पनि यति धेरै पैसा आफूले बोकेको छैन ।”

इन्जिनियर बुवा निकु र फाइनान्स कम्पनीमा कार्यरत आमा मारियाकै रेखदेखमा हुर्केकी टिनएजर आन्द्रेस्कु सानो उमेरमै हासिल हुने नाम र दामका कारण बिग्रने जालमा फस्ने देखिन्नन् ।  आन्द्रेस्कुको घर पालुवा कुकुर कोकोलाई उनको म्याचको दौरान सँगै लिएर आउने गरेकी मारिया फ्यासनेबल लुकका कारण आफै पनि निकै लोकप्रिय बनिसकेकी छिन्, बिशेषगरि सामाजिक सञ्जाल प्रयोगकर्ताकाबीचमा । आन्द्रेस्कुका लागि मारिया नै प्रेरणाकी स्रोत हुन् ।

फ्लसिङ्ग मिडोजमा सेरेनाका लागि उपस्थित घरेलु समर्थकसँग जुझ्नका लागि उनले देखाएको मानसिक दुढताको श्रेय आन्द्रेस्कु आफ्नी आमालाई नै दिन्छिन् ।  “मेरो आमाले मलाई म १२–१३ बर्षको हुँदा देखि नै ध्यान गराउन सिकाउनु भएको थियो । अहिले यो निकै प्रख्यात छ किनभने यदि तपाई आफ्नो दिमागलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ भने अन्य धेरै कुरामा नियन्त्रणमा राख्न सकिन्छ । यो मेरो लागि निकै राम्ररी काम गरिरहेको छ । जब म कुनै पनि ठूलो स्टेजका लागि कोर्टमा हुन्छु म आफ्नो ध्यान भड्काउने कुराहरुलाई सजिलै पाखा लगाउदै आफ्नो नियन्त्रणमा बस्न सक्छु ।”

आफू माथिको बिश्वास आन्द्रेस्कुको लागि क्षणिक मात्र हो भन्ने देखिदैन । आफ्नो पहिलो ग्राण्ड स्ल्याम फाइनलमै घरेलु समर्थकको हल्लाले गुञ्जायमान आर्थर आस स्ेटडियममा उनी जसरी शिर ठांडो पादै घ्मिरहेकी थिइन्, त्यसले नै यसको पुष्टि गर्छ । र त्यही आत्मबिश्वास उनले देखाएको अल राउण्ड खेलमा देखिन्छ । उनको फोरह्याण्ड रिटर्न अहिले देखिएको मध्येकै उत्कृष्ट रहेको भन्न थालि सकिएको छ ।

२३ वटा ग्राण्ड स्ल्याम जित्दै महिला टेनिसमा सर्वकालिन महान खेलाडी रुपमा स्थापित सेरेना आन्द्रेस्कुले फाइनलमा लगातार देखाएको गहिराई सामु टिक्न सकिनन् । यस क्रममा उनि किर्तिमानी २४ औं ग्राण्ड स्ल्याम जित्नबाट बञ्चित भइन् । “मलाई लाग्छ बियांका दवाबमा निकै राम्रो खेल्न सक्छिन् । उनले जे गर्छिन त्यो उत्कृष्ट देखिन्छ, बलको लागि उनको मुभ, अंक जित्नका लागि गर्ने प्रहार र उनले देखाउने गरेको बलियो मानसिकता,” ३७ बर्षीया सेरेनाले भनिन् ।

युएस फाइनल अघि आन्दे्रस्कुले यो बर्ष डब्लुटिए ¥यांकिङ्गमा उत्कृष्ट १० भित्र रहेका खेलाडीहरुबिरुद्ध ६ जित हात परेकी थिइन् । उनले यस क्रममा क्यारोइन वाज्नियाज्की, एलिना भितोलिना, एन्जेलिक केरबर (दुई पटक), किकि बेर्टेन्स र क्यारोलिना प्लिस्कोभालाई हराइन् ।
टोरन्टोमा भएको रोजर्स कप फाइनलमा आन्द्रेस्कुबिरुद्धका अमेरिकी टोलीको नेतृत्व गरेकी सेरेना पछिल्लो शिकार हुन पुगिन् । युएस ओपनको उपाधि जित्ने क्रममा आन्द्रेस्कुले लगातार १४ खेल जितेकी छिन् भने यो सिजन मात्रै अबिश्वसनीय रुपमा ४९ मध्ये ४५ ।

सन् २००६ मा रसियन टेनिस सुन्दरी मारिया सारापोभाले युएस ओपन जिते यता कुनै पनि ग्राण्ड स्ल्याम जित्ने उनि पहिलो टिनएजर हुन । यसै क्रममा उनले मोनिका सेलेसले राखेको चौथो प्रयासमै ग्राण्ड स्ल्याम जित्ने किर्तिमानको बराबरी पनि गरेकी छिन् ।  आन्दे्रस्कुको उदय निकै तिब्र देखिए पनि, उनको सपना जस्तो लाग्ने यो बर्ष चुनौति रहित भने छैन । मार्चमा भएको मायामी ओपनमा काँधको चोट बोक्न पुग्दा उनले यो सिजन धेरै नै प्रतियोगिताहरु गुमाउन पुगिन् । .चोटका बावजुद फ्रेञ्च ओपन खेल्न हत्तार गर्दा उनले ग्रास कोर्टका सबै प्रतियोगिता गुमाएकी थिइन् ।

“यो निश्चित रुपमा जीवनको प्रकृया हो । तपाइको जिन्दगी सधै माथि नै गइराख्छ भन्ने हुदैन । यस्तो स्थितिलाई तपाईले आफूले सकेसम्म उत्कृष्ट ढँगले सम्झौता गर्न सक्नुपर्छ । मलाई लाग्छ सबैजना यस्तो परिस्थितिबाट गुज्रिनु पर्छ किनभने यसलाई तपाईलाई अझ बलियो बनाउछ ।”

Click to comment

Trending