राष्ट्रिय

पुबुदु दासानायके भैरहवाको प्रशिक्षक नियुक्त  

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व प्रशिक्षक पुबुदु दासानायके एभरेस्ट प्रिमिएर लिग (ईपिएल) टोली भैरहवा ग्ल्याडियटर्सका प्रशिक्षक नियुक्त भएका छन् । भैरहवाली आज एक प्रेश विज्ञप्ति जारी गर्दै पुबुदुलाई आफ्नो टोलीको प्रशिक्षक नियुक्त गरेको जनाएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले पुबुदुको प्रशिक्षणमा सन् २०१४ मा आयोजना भएको ट्वान्टी ट्वान्टी विश्वकपमा खेलेको थियो । सन् २०११ मा नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका पुबुदुले नेपाली टोलीलाई डिभिजन पाँच देखि विश्वकप सम्मको यात्रा तय गराएका थिए ।
सन् २०१५ मा क्यानको खिचातानीका कारण नेपालको मुख्य प्रशिक्षकको पद छाडेर क्यानडा पुगेका पुबुदुले सन्  २०१६ सम्म एक बर्ष नेपाली टोलीकोको कन्सलट्यान्ट भएर पनि काम गरे । त्यस पछि उनी अमेरिकाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । अमेरिकालाई एकदिवसीय मान्यता दिलाउन सफल पुबुदुले केहि समय अघि अमेरिकाको टोली पनि छाडेका थिए ।
भैरहवाको प्रशिक्षक नियुक्त भए पछि पुबुदुले फेरी नेपाल आउन लागेकोमा उत्साहित रहेको जनाए । उनले भने, ‘नेपाल जहिले पनि मेरो मुटुको नजिक छ । नेपाली टोलीको प्रशिक्षक भएता पनि नभएता पनि मा जहिले पनि नेपाली क्रिकेट राम्रो होस् भनेर चाहन्छु । भैरहवाको प्रशिक्षक हुन पाएकोको निकै खुशी छु ।मलाई यो अवसर दिएकोमा भैरहवालाई धन्यबाद । नेपाली क्रिकेटलाई फेरी पनि केहि योगदान दिन पाउने भएकोमा पनि खुशीको सिमा छैन ।’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान शरद भेषावाकर पनि खुशी र उत्साहित भएको बताउंछन् । ‘नेपाली क्रिकेट टोलीलाई यो स्थान सम्म पुर्याउन महत्वपूर्ण भुमिका खेलका पुबुदुलाई हाम्रो प्रशिक्षकको रुपमा पाउनु पक्कै पनि खुशीको बिषय हो । उनले नेपाल आएर कुनै पनि फ्रेनचाइज क्रिकेटमा आएर प्रशिक्षण दिनु भनेको फ्रेनचाइजलाई मात्र हैन नेपाली क्रिकेटको लागि पनि राम्रो हो,’ शरद भन्छन् । ‘पछिल्ला दुई संस्करणमा हामीले उपविजेतामा सिमित भएता पनि यस पटक पुबुदुको प्रशिक्षणमा उपाधि जीत्ने आशा छ ।’
भैरहवाका मालिक अदित्य संघाई पनि पुबुदुलाई प्रशिक्षक नियुक्त गर्न पाएकोमा खुशी छन् । संघाई पुबुदुको आगमनले आफ्नो टोलीलाई मात्र नभएर समग्र नेपाली क्रिकेटलाई नै फाइदा पुग्ने जनाउँछन् । संघाईले पुबुदुको निरिक्षणमा नयाँ खेलाडीहरुले आफुलाई तिखार्ने मौका पाउने आशा ब्यक्त गरे ।

तेश्रो संस्करणको एभरेस्ट प्रिमिएर लिग (ईपिएल) आगामी फाल्गुणको तेश्रो साताबाट टियु क्रिकेट मैदानमा शुरु हुनेछ ।

Click to comment

Trending