राष्ट्रिय

विश्व वरियतामा नेपालको सुधार 

Published

on

फुटबलको सर्वच्व निकाए फिफाले हालै सार्वजनिक गरेको फिफा वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । अघिल्लो महिना १६६ औं स्थानमा रहेको नेपालले पाँच स्थान सुधार गर्दै १६१औं स्थानमा उक्लिएको छ ।

फिफा विश्वकप छनोटको आफ्नो पहिलो खेलमा घरेलु टोली कुवेतसँग ७-० को लज्जास्पद हारको सामना गरेको नेपालले दोश्रो खेलमा चाइनिज ताइपेइलाई उसकै घरेलु मैदानमा २-० ले पराजित गरेको थियो ।
नयाँ सार्वजनिक भएको वरियता अनुसार कुवेत १५६औं स्थानमा यथावत रहेको छ भने ताइपेइ भने चार स्थान तल झर्दै १२९औं स्थानमा रहेको छ । विश्वकप छनोटमा नेपालकै समुहमा रहेको जोर्डन एक स्थान उक्लँदै ९८औं तथा नेपालको अबको प्रतिद्वन्दि अस्ट्रेलिया दुई स्थान चड्दै ४४औं स्थानमा पुगेको छ ।
फिफा वरियताको शिर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोश्रो, ब्राजिल तेश्रो, इंग्ल्यान्ड चौथों तथा पोर्चुगल पाँचौं स्थानमा रहेको छ । त्यस्तै दक्षिण एसिया क्षेत्रमा नेपाल भन्दा अगाढी भारत १०४ र माल्दिभ्स १५३औं स्थानमा छन् ।

Click to comment

Trending