लेख

केन्या माथि नेपालको कीर्तिमानी जित

Published

on

 नेपालले घरेलु टोली केन्या विरुद्धको तेश्रो ट्वान्टी ट्वान्टी खेलमा चार विकेटको कीर्तिमानी जित हात पारेको छ । जितसँगै नेपालले चार खेलको शृंखलामा २-१ को अग्रता पनि लिन सफल भएको छ ।

केन्याले दिएको १५७ रनको लक्ष्य १९ दशमलब तीन ओभर खेल्दै ६ बिकटको नोक्सानीमा लक्ष्य पार गर्यो । नेपालले केन्या पुरा गरेको १५७ रनको सबैभन्दा लक्ष्य हो । यस अघि नेपालले सन् २०१९ मा सिंगापुर विरुद्ध १५२ रनको लक्ष्य पुरा गरेको थियो । 

नेपालको जितमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको पारी खेले भने आजको खेलमा नेपालको तर्फबाट ट्वान्टी ट्वान्टीमा डेब्यु गरेका विकेट किपर तथा ओपनर अर्जुन साउदले ३१ बलमा ३५ रनको योगदान दिए । त्यस बाहेक रोहित कुमार पौडेलले २९, पवन सर्राफले २० तथा आदिल अन्सारी १६ रनको पारी खेले ।  

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा मात्र दुई विकेट गुमाएर १५६ रनको विशाल योगफल खडा गर्यो । 

ओपनरद्वय सुकदिप सिंह आठ तथा कोलिन्स ओबुया १४ रनमा आउट हुँदा केन्या ६ ओभरमा २९ रनको अवस्थामा रहेको थियो । तर त्यस पछि ब्याटिङमा आएका विकेट किपर इरफान करिम र रकिप पटेलले तेश्रो विकेटका लागि ८४ बलमा अविजित १२७ रनको साझेदारी गर्दै केन्यालाई विशाल योगफल सम्म पुर्याए ।

केन्याको तर्फबाट रकिपले ४३ बल खेल्दै समान ५-५ चौका र छक्का प्रहार गर्दै अविजित ७३ रनको पारी खेले भने इरफानले पनि अविजित रहँदै ४७ बलमा ५५ रनको योगदान दिए ।

नेपालको तर्फबाट आदिल अन्सारी र सोमपाल कामीले समान १-१ विकेट लिए भने अन्य बलरहरु महँगो साबित हुँदै  विकेट बिहिन रहन पुगे ।आदिलले एक ओभरमा चार रन खर्चिए भने सोमपालले तीन ओभरमा १६ रन मात्र दिए । नेपालका अन्य बलरहरुमा कप्तान सन्दिप लामिछानेले चार ओभरमा ४२ रन खर्चंदा दिपेन्द्र सिंह ऐरीले तीन ओभरमा ३१ तथा करण केसीले तीन ओभरमा २० रन दिन पुगे ।      

Click to comment

Trending