लेख

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

Published

on

यही भदाै २१ देखि असाेज ३ गते सम्म घरेलु मैदानमा आयाेजना हुने छैटौँ साफ महिला च्याम्पियनसिपका लागि नेपाली टाेली घाेषणा भएकाे छ । मुख्य प्रशिक्षक कुमार थापाले शनिवार २३ सदस्यीय टाृली घाेषणा गरेकाे एन्फाले जनाएकाे छ । 

उमेर समूहबाट आएका  तीन नयाँ अनुहार  समिक्षा घिमिरे, दिपा शाही र अमिशा कार्कीले पहिलाे पटक सिनियर टिममा स्थान बनाएका छन् । यस्तै फरवार्ड  रेखा पाैडेलले पनि कमब्याक गरेका छन् । 

समूह बी मा रहेकाे नेपालले भुटानसँग उद्घाटन खेल खेल्नेछ । नेपाल रहेकाे समूह बी तीन टिम मात्र छ । नेपालले श्रीलंकासँग भदाै २८ गते खेल्नेछ । समूह ए मा साविक विजेता भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । दुवै समूहकाे शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

फिफाले दुई हप्ता पछि नै भारतीय फुटबलमाथि लगाएकाे निलम्बन फुकूवा गरेपछि भारतकाे सहभागिता पनि निश्चित भएकाे छ ।

नेपाली टिमः
गोलकिपरः एन्जिला तुम्बाप्पे सुब्बा, अन्जना रानामगर, उषा नाथ

रक्षकः हिराकुमारी भुजेत, अमृता जैसी, गीता राना, पुनम जर्गामगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विक

मिडफिल्डरः विमला चौधरी, मन्जलीकुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी

फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भन्डारी, रश्मीकुमारी घिसिङ

Click to comment

Trending