लेख

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने नेपाल टी२० का लागि खेलाडी दर्ता सुरु गरेको छ । क्यानले शनिवार सामाजिक सञ्जालमार्फत चार मापदण्डसहित खेलाडी दर्ता सुरु भएको जनाएको छ ।

नेपाल टी२० लिगका लागि खेलाडीको विभिन्न तीन क्याटेगोरी तय गरिएको छ । क्याटेगोरी ए का खेलाडीले १५ लाख, क्याटेगोरी बी का खेलाडीले १० लाख र क्याटेगोरी सी का खेलाडीले ५ लाख पाउनेछन् ।

दर्ता गर्न चाहने खेलाडीका लागि चार मापदण्ड क्यानले तयार गरेको छ । लिगका लागि यही अगष्ट ३१ गतेसम्म दर्ता गर्नुपर्ने समयसीमा राखिएको छ । नेपाल टि-२० लिगको अधिकारिक वेबसाइटमा गएर खेलाडीहरुले फारम भर्न पर्नेछ र लिंक यस प्रकार रहेको छ — https://nepalt20.com/player-registration/

 

यस्ता छन् चार मापदण्ड

– खेलाडीले सन् २०१८ देखि नियमित रुपमा राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप तथा मेयर कप खेलेको हुनुपर्ने र औसत भन्दा राम्रो प्रदर्शन गरेको हुनुपर्ने ।

– सन् २०१८ देखि नेपालको यू-१९ टिमका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा शृंखलाहरुमा नेपालको लागि खेलेको हुनुपर्ने ।

– सन् २०१८ देखि सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेका खेलाडीलाई प्राथमिकता दिइने ।

– सन् २०१८ देखि विभिन्न फ्रेन्चाइज लिगमा नियमित खेलेका खेलाडीलाई प्राथमिकता दिइने ।

Click to comment

Trending