लेख

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित 

Published

on

खराब ब्याटिङका कारण घरेलु टोली केन्यासँगको दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित भएको छ । पहिलो ट्वान्टी ट्वान्टी खेलमा पाँच विकेटको जित दर्ता गराएको नेपाल दोश्रो खेलमा भने १८ रनको हार बेहोर्न बाध्य भएको छ । दोश्रो खेलमा जित निकाल्दै केन्याले पाँच खेलको शृंखला १-१ को बराबरी गरेको छ ।

खेलमा टस जित्दै नेपालले केन्यालाई ब्याटिङको निम्तो दियो । केन्याले पुरै २० ओभर खेल्दै नौ विकेट गुमाएर १३२ रनको मध्यम योगफल मात्र बनाउन सक्यो । १३३ रनको सामान्य लक्ष्य सहित ब्याटिङमा आएको नेपालले १९ ओभरमा अलआउट हुँदा ११४ रन मात्र जोड्न सक्यो ।

नेपालको तर्फबाट रन आउट हुनु अघि आरिफ शेखले सर्वाधिक २५ रन प्रहार गरे भने रोहित कुमार पौडेल र आदिल अन्सारीले समान २०-२० तथा ओपनर पवन सर्राफले २६ बलमा १९ रनको पारी खेले भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका अन्य ब्याटरमा ओपनर तथा विकेट किपर आसिफ शेखले पाँच, ज्ञानेन्द्र मल्ल एक, दिपेन्द्र सिंह ऐरी तीन, करण केसी छ, कप्तान सन्दिप लामिछाने सात, सोमपाल कामी दुई तथा बसिर अहमद गोल्डेन डक आउट हुँदै पेभेलियन फर्किए ।   

केन्याका इमानुएल बुन्डी, लुकास ओलुओचभिरज पटेलले समान १-१ विकेट हात पारे । 

यस अघि सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ३-३ विकेट लिए भने करण केसीले दुई विकेट निकाल्दा पवन सर्राफले पनि एक विकेट आफ्नो नाममा दर्ता गराए ।

केन्याको तर्फबाट रकिप पटेलले ३५, एनएन ओढिएम्बोले २९ तथा इरफान करिमले २२ रनको पारी खेले । 

Click to comment

Trending