लेख

नेपालले हरायो केन्यालाई 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली केन्यालाई पाँच विकेटले पराजित गरेको छ । जितसँगै नेपालले पाँच खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।

सोमपाल कामी र सन्दिप लामिछानेको उत्कृष्ट बलिङ तथा दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले केन्या माथि सहज जित निकाल्न सफल रह्यो ।

केन्यालाई २० ओभरमा आठ विकेटको नोक्सानीमा १३० रनमा रोकेको नेपालले पाँच विकेट गुमाएर १९ दशमलब दुई ओभरमा जित हात पार्यो ।

नेपालको जितमा दिपेन्द्रले २४ बलमा सर्वाधिक ३३ रन बनाए भने आरिफ शेखले १५ बलको सामना गर्दै अविजित  २४ रन बनाए ।

यस अघि केन्यालाई सस्तोमा रोक्ने क्रममा सोमपाल कामीले तीन, सन्दिप लामिछानेले दुई तथा दिपेन्द्र र आदिल अन्सारीले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

केन्याका इरफान करिमले ३४ रन बनाउँदा ओलोचले १३ बलमा आक्रामक ३१ रनको पारी खेले ।   

 

Click to comment

Trending