लेख

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

Published

on

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले ४० खेलाडीलाई बोलाएका छन् । आगामी असोज ११ गते दशरथ रङ्गशालमा हुने खेलका लागि प्रशिक्षकले ४० जना खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

यस अघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मैत्रीपूर्ण खेलका लागि भन्दै २६ जनाको सूची एन्फालाई पठाएका थिए । तर एन्फाले उक्त सुचीमा फेरबदल गर्दै हुमागाईँले बोलाएको नयाँ सूची सार्वजनिक गरेको हो ।

अल्मुताइरी हाल बिदामा आफ्नै देश कुवेतमा छन् । उनी बिदामा रहेकोले एन्फा कार्यसमितिको बैठकले हुमागाईँलाई बंगलादेश विरुद्धको खेलका लागि कार्यवाहक प्रशिक्षक बनाएको हो ।

यसअघि अल्मुताइरीसँगको विवादका कारण एसियन कप छनोट अघि क्याम्प छाड्न बाध्य भएका १० मध्ये ९ खेलाडी र उनीहरुलाई समर्थन गरेका गोलकिपर किरण कुमार लिम्बु पनि हुमागाईँको सूचीमा समेटिएका छन् । त्यसमध्ये सुमन लामा भने अष्ट्रेलिया गइसकेका छन् ।

प्रशिक्षकसँग होटल कि होस्टलमा बस्ने भन्ने विवादपछि १० खेलाडीले क्याम्प छाडेका थिए ।

त्यसमध्ये सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठ टिममा फर्किएका छन् ।

 

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली 

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, निशान खड्का, अमित तामाङ

मिडफिल्डर : सन्जोग राई, पुजन उपरकोटी, राजन गुरुङ, एरिक विष्ट, सेसेहाङ आङदाम्बे, सुदिप गुरुङ, सुरज ज्यु ठकुरी, सुवास गुरुङ, आवास लामीछाने, सुनिल बल, आयुष घलान्, सुजल श्रेष्ठ, अञ्जन विष्ट

फरवार्ड : विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आषिश चौधरी, रितिक खड्का, जर्ज प्रिन्स कार्की, आषिश चापागाईँ, अविशेष रिजाल, भरत खवास

Click to comment

Trending