लेख

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक  

Published

on

बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा हुन लागेको बाना कप फुटबल प्रतियोगिताका लागि सुदूरपश्चिम फुटबल क्लबको जर्सी सार्वजनिक भएको छ । यसका साथै प्रतियोगिताको तयारी पनि पुरा भएको छ ।  

बाना कपको तयारी पुरा गरेको सुदूरपश्चिम फुटबल क्लबले प्रतियोगिताका लागि आफ्नो जर्सी सार्वजनिक गरेको हो । टिमको जर्सीलाई रियल स्टेट कम्पनी अनेष्टले प्रायोजन गरेको हो ।  

टिमको प्रशिक्षण अगाडि भएको कार्यक्रममा टिमको जर्सीलाई बानाका अध्यक्ष सुबोध बिलास पन्त, सुदूरपश्चिम समाज बाल्टिमोरका अध्यक्ष दमनबिक्रम शाहका साथै अनेष्टका सहमालिक उत्सव सिग्देलले संयुक्त रुपमा सार्वजनिक गरे । यसका साथै टिमका कप्तानलाई पनि जर्सी हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सुदूरपश्चिम समाजका बिभिन्न ब्यक्तिहरूको सहभागिता रहेको थियो ।  

यसअघि आयोजक बानाको टिमको आधिकारिक जर्सी पनि सार्वजनिक गरिएको थियो । सो जर्सीलाई हाम्रो पात्रो रेमिटले प्रायोजन गरेको थियो । पहिलो संस्करणका रुपमा रहेको बाना कपमा आठ टिमको सहभागिता रहेको छ । जसमा समुह ए मा चार र समुह बी मा चार टिमको सहभागिता रहेको छ ।  

दुई दिन हुने प्रतियोगिताको पहिलो दिन नै समुह चरणका खेलहरू सकिनेछन् । जसमा उद्घाटन खेलमा बाना र सीइसी एससीबीच खेल हुनेछ । यस्तै सुदूरपश्चिमको पहिलो खेल नेप्रिकनसँग रहेको छ ।  

प्रतियोगिताको विजेताले दुई हजार पाँच सय ५५ अमेरिकी डलर पाउनेछन् भने उपविजेताले एक हजार पाँच सय ५५ अमेरिकी डलर हात पार्नेछन् 

Click to comment

Trending