लेख

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

Published

on

घरेलु मैदानमा आयोजना हुने छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्ने भएको छ । आगामी भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा आयोजना हुने  साफ महिला च्याम्पियनसिपको पहिलो खेल नेपाली समय अनुसार बेलुका साढे पाँच बजे सुरु हुनेछ ।

दक्षिण एसियाली फुटबल फेडेरेसनले (साफ)ले आइतबार सार्वजनिक गरेको तालिका अनुसार समूह बी मा नेपाल र भुटानसँगै श्रीलंका रहेका छन् । त्यस्तै नेपालले आफ्नो दोस्रो खेलमा भदौ २६ गते श्रीलंकाको सामना गर्नेछ ।

नेपाल रहेको समूहमा तीन टोली मात्र छन् भने समूह ए मा साविक विजेता भारतसहित बंगलादेश, पाकिस्तान र श्रीलंका छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल असोज ३ गते हुनेछ ।

 

Click to comment

Trending