Headline

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

Published

on

उर्जन श्रेष्ठ यू १७ राष्ट्रिय फुटबल टिमका प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रेष्ठलाई यू १७ टिमको प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

आगामी सेप्टेम्बरमा हुने साफ यू १७ च्याम्पियनसिप र त्यसपछि हुने एएफसी यू १७ एसियन कप छनोटमा श्रेष्ठले नेपाली टिमको प्रशिक्षण सम्हाल्ने पनि एन्फाले जनाएको छ । 

त्यस्तै एन्फाले यू १७ राष्ट्रिय टिमका लागि ओपन सेलेक्सनबाट खेलाडी छनोट गर्ने गरी प्रक्रिया सुरु गरिसकेको छ ।

देशभरबाट आएका एक हजार भन्दा बढी खेलाडी एन्फा कम्प्लेम्समा मंगलबार देखि सुरु भएको सेलेक्सन प्रोसेसमा सहभागि भएका छन् । त्यसैबाट यू १७ राष्ट्रिय टिम निर्माण गरिनेछ ।

यसअघि यू २० राष्ट्रिय टिमका लागि पनि देशभरबाट ओपन सेलेक्सन गरेर टिम छनोट गरिएको थियो । यू २० राष्ट्रिय टिम हाल साफ यू २० च्याम्पियनसिपका लागि भारतमा छ । 

Click to comment

Trending