Headline

क्यान अध्यक्ष चन्दलाई आईसीसीको सम्मान 

Published

on

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दलाई सम्मान गरेको छ । इंग्ल्यान्डको बर्मिङ्गममा जारी वार्षिक साधारण सभामा चन्दलाई आइसीसीले लङ सर्भिस अवार्डबाट सम्मानित गरेको हो । 

आइसिसीले चन्दलाई क्यान तथा नेपाली क्रिकेटमा लामो समय सेवा गरेको भन्दै हिजो उक्त अवार्ड प्रदान गरेको हो । अध्यक्ष चन्द र सचिव प्रशान्त मल्ल आइसिसीको वार्षिक साधरण सभामा भाग लिन गत श्रावण चार गते इंग्ल्यान्डको लागि उडेका थिए ।

आइसिसीले क्रिकेट बोर्डमा रहेर काम गर्ने ब्यक्तिलाई सम्मान गर्ने गर्दछ । 

 

Click to comment

Trending