Headline

आयोजक बाना र फार वेस्टर्न टेक्ससलाई बाना कपको  उपाधि 

Published

on

बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुष तर्फ सुदुरपश्चिम टेक्सास र महिला तर्फ आयोजनक बाना च्याम्पियन बनेका छन् । 

गत राति भएको फाइनलमा पुरुष तर्फको उपाधि टेक्सासमा रहेकाको सुदुरपश्चिम टिमले जित्न सफल भयो । उसले सिन्धु बुद्ध टिमलाई तीन एकको सेटमा पराजित गर्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सिन्धु बुद्धविरुद्ध सुदुरपश्चिमले पहिलो सेट २५–२३ ले जितेपछि दोस्रो सेट २२–२५ ले गुमाएको थियो । यस्तै तेस्रो सेट २५–१२ ले जितेको सुदुरपश्चिमले चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पार्यो । 

यस्तै महिला तर्फको उपाधि आयोजक बानाले जित्न सफल भयो । उसले फाइनलमा म्याग्दि समाजलाई दुई एकको सेटमा हरायो । नेपाली पूर्व खेलाडी रमिला तन्डुकारले कप्तानी गरेको टिमले प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो । 

प्रतियोगितामा पुरुष तर्फको सर्वोत्कृष्ट खेलाडी सुदुरपश्चिम टेक्सासका कैलाश भट्ट बने भने महिला तर्फ रमिला तन्डुकार बनिन् । प्रतियोगिताको पुरुष तर्फको विजेताले पाँच हजार पाँच सय ५५ अमेरिकी डलर हात पार्यो भने उपविजेता बनेको सिन्धु बुद्धले तीन हजार तीन सय ३३ अमेरिकी डलर पायो । 

यस्तै महिला तर्फको च्याम्पियन बनेको बानाले एक हजार एक सय ११ अमेरिकी डलर पाउँदा उपविजेताल पाँच सय ५५ डलर हात पार्यो । 

दुई दिनसम्म चलेको प्रतियोगितामा महिलामा चार टिम र पुरुषमा १८ टिमको सहभागिता रहेको थियो । पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुताबासका उप नियोग प्रमुख कुमार राज खरेल रहेका थिए । विशेष अतिथिमा बिधान सभा सदस्य डा ह्यारी भण्डारी ,महाबाणिज्यदुत प्रेम राजा महत, दुताबासका आमन्त्रित अतिथि,बानाका गुठी सदस्य प्रभु थापा ,विभिन्न संस्थाका व्यक्तित्वहरु तथा प्रायोजकहरूले समेतले बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

Click to comment

Trending