Headline

बाना कपको क्वाटरफाइनल समिकरण पुरा 

Published

on

बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा सुरु भएको बाना कप भलिबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पुरा भएको छ ।

बाल्टिमोरको जेसप स्पोर्टस कम्प्लेक्समा आजबाट सुरु भएको प्रतियोगितामा पुरुष तर्फका टेक्सासको सुदुरपश्चिमसँगै बेलमोन्ट बाल्टिमोर, बाल्टिमोर युथ क्लब, एनआरएनए मेरिल्याण्ड, योङ ब्लड पेन्सलभेनिया, बागलुङ समाज मेरिल्याण्ड, सिन्धुु बुद्ध न्युयोर्क र न्युयोर्क ह्वाइटसे अन्तिम आठमा स्थान बनाए । 

१८ टिमको सहभागिता रहेको पुरुष तर्फको प्रतियोगितामा समुह ए बाट फारवेष्ट टेक्सास विजेताका रुपमा अन्तिम चारमा स्थान बनायो भने बेलमोन्ट उपविजेताका रुपमा क्वाटरफाइनलमा स्थान बनायो । 

यस्तै समुह बी बाट बाल्टिमोर युथ क्लब विजेता र एनआरएनए मेरिल्याण्ड उपविजेताका रुपमा क्वाटरफाइनलमा पुगे । समुह बी बाट योङ ब्लड विजेता र बागलुङ समाज उपविजेताको रुपमा अन्तिम आठमा पुगे । 

समुह डी बाट सिन्धु बुद्ध र न्युयोर्क ह्वाइटले अन्तिम आठमा पुगे । क्वाटरफाइनलमा फारवेष्ट टेक्सास र बागलुङ समाज बिच प्रतिस्पर्धा हुनेछ भने बेलमोन्ट र योङ ब्लड, बाल्टिमोर युथ र न्युयोर्क ह्वाइट, एनआरएनए मेरिल्याण्ड र सिन्धु बुद्ध बिच प्रतिस्पर्धा हुनेछ । 

बानाको आयोजनामा दोस्रो पटक भइरहेको प्रतियोगितामा महिला टिमलाई भने पहिलो पटक समावेश गरिएको हो । महिला तर्फ चार टिमको सहभागिता रहेको छ । 

Click to comment

Trending