राष्ट्रिय

साथी कपका लागि मेरिल्याण्ड क्रयाबको जर्सी सार्वजनिक 

Published

on

आसन्न साथी कप क्रिकेट प्रतियोगिताका लागि मेरिल्याण्ड क्रयाबले आफ्नो क्लबको नयाँ जर्सी सार्वजनिक गरेको छ । बुधबार क्रयाबले साथी बाल्टिमोरसँग मैत्रीपुर्ण खेलको आयोजना गर्दै टिमको प्रतियोगितामा लगाइने जर्सी सार्वजनिक गरेको हो । 

नेपाल क्रिकेट खेलाडी सागर पुनले टिमको जर्सी सार्वजनिक गरेका हुन ।कार्यक्रमको मुख्य अथिती समेत रहेका सागरसँगै मेरिल्याण्डका कप्तान र टिमका पदाधिकारीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन । कार्यक्रममा मेरिल्याण्ड क्रयाब बिभिन्न संस्थाका ब्यक्तिलाई पनि जर्सी हस्तान्तरण गरेका थिए ।

जर्सी सार्वजनिक पछि मेरिल्याण्ड क्रयाब र साथी बाल्टिमोरबिच मैत्रीपुर्ण खेलपनि आयोजना भएको थियो । जसमा साथी बाल्टिमोर विजयी भएको थियो ।

साथी बाल्टिमोरको आयोजनमा सेप्टेम्बर तीन चार र पाँच तारिखमा साथी कप क्रिकेट प्रतियोगिता हुँदैछ । जसका लागि टिमको दर्ता पनि भइरहेको छ । यो पटक प्रतियोगिताको पुरस्कार राशी पनि बढाइने भएको छ । प्रतियोगिताको विजेताले तीन हजार पाँच सय अमेरिकी डलर पाउनेछन भने उपविजेताले दुई हजार अमेरिकी डलर पाउनेछन ।

यो पटकको प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । जसमा अहिलेसम्म ६ टिमले नाम दर्ता गराइसकेका छन । नाम दर्ता गर्ने टिममा सुदुरपश्चिम, बाल्टिमोर एथ्लेटिक क्लब, लानकास्टर, रियुनियन, मेरिल्याण्ड क्रयाब, एभरेष्ट लायोन्स रहेका छन् । 

Click to comment

Trending