राष्ट्रिय

फार वेस्टर्नलाई घिमिरे होम्सको साथ 

Published

on

बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा हुन लागेको बाना कप भलिबल प्रतियोगितामा सहभागी टिम फार वेस्टर्नलाई घिमिरे होम्सले जर्सी प्रायोजन गरेको छ । 

रियल स्टेट कम्पनी घिमिरे होम्सले एक सिजनका लागि फारम वेस्टर्नलाई जर्सी प्रायोजन गरेको हो । घिमिरे होम्सका प्रमुख क्रिस घिमिरेले फार वेस्टर्न भलिबल टिमका म्यानेजर हरिस सिंह साउदसँगै कप्तान केशव मडै तथा पूर्व कप्तान विकास सिंहलाई हस्तान्तरण गरेका हुन् । 

प्रतियोगितामा १८ टिमले सहभागिता जनाउने छन् । जसलाई चार समुहमा विभाजन गरिएको छ । हरेक समुहका शीर्ष २ टिमले क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । 

प्रतियोगिताको विजेताले ५ हजार ५ सय ५५ अमेरिकी डलर पाउने छ भने उपविजेताले ३ हजार ३ सय ३३ डलर पाउने छन् ।  

यही जुलाई २३ र २४ मा हुने प्रतियोगितामा अमेरिकाका बिभिन्न स्टेटबाट टिमको सहभागिता रहेको छ । 

 

Click to comment

Trending