Headline

एक वर्ष पछि सर्‍यो एसियाड

Published

on

एसियाको सबैभन्दा ठूलो खेल मेला एसियन गेम्स (एसियाड) को १९ औं संस्करण एक वर्ष पछि सरेको छ ।

२०२२ सेप्टेम्बरका लागि तय भएपनि आयोजक राष्ट्र चीनमा कोभिड-१९ को प्रभाव बढेपछि अनिश्चितकालका लागि स्थगित भएको थियो ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले मंगलबार एसियाडको नयाँ मिति सार्वजनिक गरेको हो । जस अनुसार १९ औं एसियाड अब २०२३ सेप्टेम्बर २३ देखि  अक्टोबर ८ सम्म चीनको हान्जोउ शहरमा आयोजना हुनेछ । एसियाड यसअघि २०२२ सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुने तय गरिएको थियो ।

१९ ‍औं एसियाडमा नेपालले २३ खेलमा सहभागिता जनाउने यसअघि नै निर्णय भइसकेको छ । जस अनुसार राष्ट्रिय खेलकुदले २३ वटै खेलको पहिलो चरणको प्रशिक्षण गराइसकेको छ । अब दोस्रो चरणको प्रशिक्षण गराउने तयारीमा परिषद छ ।

 

Click to comment

Trending