Headline

साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

Published

on

भारतको भुवनेश्वरमा यही साउन ९ देखि २० गते सम्म आयोजना हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली यू-२० टोली सोमबार घोषणा भएको छ ।

मुख्य प्रशिक्षक मेघराज केसीले दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ जनाको टोली छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । सिनियर टिम टोलीबाट खेलिसकेका आयुष घलान पनि यू२० टिममा छन् ।

कोभिड महामारीका कारण ललित स्मृति यू १९ च्याम्पियनसिप नहुँदा यस पटक देशभरबाट ओपन सेलेक्सन मार्फत खेलाडी छानिएको थियो । जसमा सुरुङ्गा ७०० खेलाडी सहभागि भएका थिए । त्यसबाट पहिलो चरण ४१ जना छनोट गर्दै दोस्रो चरणमा ३० खेलाडी छानिएको थियो ।

साफ यू-२० च्याम्पियनसिपको चौथो संस्करणमा आयोजक भारतसहित नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंका राष्ट्रले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् र लिगपछि शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

नेपालले पहिलो खेल साउन ९ गते माल्दिभ्ससँग खेल्नेछ । यस्तै नेपालले साउन ११ मा श्रीलंकासँग, साउन १५ मा घरेलु टोली भारत तथा साउन १७ मा बंगलादेशसँग खेल्नेछ ।

 को को परे अन्तिम टोलीमा ?


गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख

डिफेण्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सिर्जन दानी, रोशन थापा, अभिशेक वाइबा

मिडफिल्डर : दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी,  आयुष घलान

फरवार्ड : दीपेश राई, निरन्जन मल्ल, रोहन खड्गी

Click to comment

Trending