Headline

सन्दीप खेल्ने तय भएको लंका प्रिमियर लिग स्थगित

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने सहभागि हुने लंका प्रिमियर लिग (एलपीएल) अनिश्चित कालका लागि स्थगित भएको छ ।

श्रीलंकामा पछिल्लो समय बढ्दै गरेको आर्थिक संकटका कारण प्रतियोगिता तत्कालका लागि स्थगित गरेको श्रीलंका क्रिकेटले जनाएको छ ।

एलपीएल आयोजनाको अधिकार पाएको इन्नोभेसन प्रोडक्सन ग्रुप एफजेडई (आईपीजी) ले देशको आर्थिक अवस्थाका कारण लिग गर्न अनुकुल नभएको भन्दै आग्रह गरेपछि श्रीलंका क्रिकेटले लिग स्थगित गर्ने निर्णय लिएको हो । एलपीएलको तेस्रो संस्करण अगष्ट १ देखि ३१ सम्म हुने तय थियो । तर अनिश्चितकालका लागि स्थगित भएको छ ।

सन्दीप पहिलो पटक एलपीएलमा छनोट भएका हुन् । उनलाई डम्बुला जायन्ट्सले ४० हजार डलरमा अनुबन्ध गरेको थियो ।

 

Click to comment

Trending