Headline

नेपाल टि-२० लिगमा सहभागी टोलीको नाम सार्वजनिक 

Published

on

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो पटक सञ्चालन हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टि-२० लिगका ४ वटा टोली र त्यसका मालिकहरू सार्वजनिक गरिएको छ ।

क्यानले आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगितामा सहभागी हुने ६ मध्ये चार टोलीको मालिक र नाम घोषणा गरेको हो । आज चार टोलीको मात्र नाम सार्वजनिक गरेको क्यानले केही दिनमा अर्को कार्यक्रमको आयोजना गर्दै बाँकी दुई टोलीको पनि नाम तथा मालिकको नाम सार्वजनिक गर्ने जनाएको छ ।

हाल सार्वजनिक गरिएको नेपाल टि-२० लिगमा सहभागी हुने चार टोली मध्य दुईवटा भारतीयको रहेको छ भने एक टोली नेपालको तथा अर्को एक टोली अमेरिकामा बस्ने नेपालीहरुको रहेको छ ।

प्रतियोगिताका अहिले सार्वजनिक भएका चार टोलीहरुमा कान्तिपुर क्पापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किग्स र जनकपुर रोयल्स रहेका छन् । कान्तिपुर क्यापिटलको मालिक महेश स्वार (नेपाल), लुम्बिनीको मालिकमा सञ्जय शर्मा (अमेरिका), विराटनगरको बिक्रम यादव (भारत) र जनकपुरका गौरीशंकर धामनी (भारत) रहेका छन् । 

असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (रापेख) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मान्यता दिइसकेको छ । 

प्रतियोगिताको कमर्सियल पार्टनरमा सेभेन थ्री स्पोर्टस् रहेको छ ।

Click to comment

Trending