Headline

नेपाली गोल मेसिन साम्बाले फेरि गोकुलम केरालाबाट खेल्ने

Published

on

नेपाली राष्ट्रिय महिला टोली तथा एपीएफकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ भारतीय क्लब गोकुलम केरेला एफसीमा अनुबन्ध भएकी छन् ।

गोकुलम केरलाले आइतबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सावित्रालाई सिजनको लागि अनुबन्ध गरेको जनाएको छ ।

गोल मेसिनको छवि बनाएकी साम्बा नेपाली महिला टिमकी सर्वाधिक गोलकर्ता हुन् । ट्ठन् २०१४ मा राष्ट्रिय टिमका लागि डेब्यु गरेकी उनले ३८ गोल गरेकी छन् ।

सावित्राले यसअघि पनि गोकुलमबाट खेलिसकेकी छन् । सन् २०१९-२० को सिजन गोकुलमलाई इन्डियन वुमन्स लिगको उपाधि जिताउन सावित्राले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । त्यसअघि उनले सेथु एफसीबाट पनि इन्डियन वुमन्स लिगको उपाधि जितिसकेकी छन् ।

गत वर्ष भने चोटका कारण सावित्रा लामो समय मैदान बाहिर रहेकी उनले एएफसी महिला एसियन कप छनोट समेत गुमाएकी थिइन् ।

 

Click to comment

Trending