Headline

 सन्दिपको घातक बलिङ, नेपाललाई २०० रनको लक्ष्य 

Published

on

कप्तान सन्दिप लामिछानेको घातक बलिङको बावजुत विश्वकप लिग टु अन्तर्गतको शृंखलामा नामिबियाले नेपाललाई २०० रनको लक्ष्य दिएको छ ।

लगातर रुपमा विकेट गुमाए पनि कप्तान जेहार्ड एरास्मसले अर्धशतकीय पारी खेल्दा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ दशमलब दुई ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १९९ रन मात्र बनाउन सक्यो ।

नामिबियालाई सस्तोमा रोक्ने क्रममा नेपालका कप्तान सन्दिपले १० ओभर बलिङ गर्दै दुई मेडन सहित २९ रन खर्चिएर सर्वाधिक चार विकेट हात पारे भने दिपेन्द्र सिंह ऐरीले तीन दशमलब दुई ओभरमा नौ तथा सोमपाल कामीले १० ओभरमा ३३ रन खर्चिएर समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

नामिबियाको तर्फबाट कप्तान जेहार्ड एरास्मसले ७० बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५३ रनको पारी खेले । त्यस बाहेक आठौँ नम्बरमा ब्याटिङ गर्न आएका डेविड विसले ३४, सातौँ नम्बरमा ब्याटिंङ गर्दै जेजे स्मिटले २७ रनको योगदान दिँदा नामिबियाले चुनौतिपूर्ण योगफल सम्म डोर्याउन सफल भयो ।

यस अघि भएको पहिलो खेलमा २२१ रनको मध्यम लक्ष्य पक्ष्याएको नेपाल नामिबियासँग ४० रनको फराकिलो अन्तरले पराजित भएको थियो ।  

Click to comment

Trending