Headline

१० औँ नम्बरका मेनले अर्धशतक प्रहार गर्दा नेपाललाई मध्यम लक्ष्य 

Published

on

१० औँ नम्बरमा ब्याटिङ गर्न आएका गाविन मेनले अविजित अर्धशतक प्रहार गर्दा विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक शृंखलामा घरेलु टोली स्कटल्याण्डले नेपाललाई १४५ रनको मध्यम लक्ष्य दिएको छ ।  

खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको नेपालले स्कटल्याण्डलाई ४२ दशमलब पाँच ओभरमा १४४ रनमा अल आउट गर्न सफल भयो ।

स्कटल्याण्डको पारी ध्वस्त पार्ने क्रममा आदिल अन्सारी र सोमपाल कामीले समान ३-३ विकेट हात पारे भने सन्दिप लामिछानेले दुई विकेट लिए । त्यस बाहेक करण केसी र दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।  

एक समय एक सय रनको स्कोर पनि कटाउन नसक्ने अवस्थामा रहेको स्कटल्याण्डको लागि नवौँ नम्बरका गाविन मेनले ५९ बलमा सात चौका र एक छक्काको मद्दतमा अविजित ६४ रन प्रहार गरे । ९५ रनमा नौ विकेट गुमाएको स्कटल्याण्डको लागि मेनहम्जा ताहिरले ५९ रनको साझेदारी गर्न सफल भए ।    

मेन बाहेक स्कटल्याण्डको लागि मार्क वाटले १७, सफ़्यन शरिफले १६ तथा क्यालम म्याकलोयडले १३ रनको पारी खेल्दा अन्य ब्याटरले दोहोरो अंकमा रन निकाल्न सकेनन् ।  

Click to comment

Trending