Headline

लिभरपुलको पोस्टमा युनाइटेडको गोलको वर्षा 

Published

on

इंग्लिस प्रिमियर लिग (ईपीएल) को प्रि-सिजनको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुल विरुद्धको खेलमा विजयी भएको छ । थाइल्याण्डमा आयोजना भएको मैत्रीपूर्ण खेलमा युनाइटेडले लिभरपुल माथि ४-० को फराकिलो जित हात पारेको हो ।  

पहिलो हाफमा ३-० को अग्रता लिएको युनाइटेडले दोश्रो हाफमा एक गोल मात्र थप्न सक्यो भने लिभरपुलले कुनै पनि गोल फर्काउन सकेन । युनाइटेडको जितमा जाडोन सान्चो, फ्रेड, मार्सियल र फाकुन्ड़ो पेलिस्त्रीले समान १-१ गोल गरे ।

पहिलो हाफको १२ औँ मिनेटमा नै सान्चोको गोलमा अग्रता लिएको युनाइटेडको लागि ३० औँ र ३३ औँ मिनेटमा क्रमश फ्रेड र मार्सियलले १-१ गोल गर्दा पहिलो हाफमा लिभरपुल ३-० गोलले पछि रह्यो ।

दोश्रो हाफको २१ औँ मिनेटमा फकुन्ड़ो गोल गर्दा युनाइटेडले ४-० को अग्रता हात पार्यो । त्यस पछि कुनै पनि टोलीलाई पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्दा खेल युनाइटेडले खेल ४-० ले जित्यो ।     

Click to comment

Trending