Headline

बुम्राले ६ विकेट निकाल्दा इंग्ल्यान्ड ११० रनमा नै सीमित 

Published

on

तीब्र गतिका बलर जस्प्रित बुम्राले घातक बलिङ गर्दै ६ विकेट हात पार्दा घरेलु टोली इंग्ल्यान्ड भारत विरुद्दको पहिलो एकदिवसीय खेलमा मात्र ११० रनमा सीमित भएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २५ दशमलब दुई ओभर खेल्दा आफ्ना सबै विकेट गुमाएर ११० रन मात्र जोड्न सकेको हो ।

सुरुवात देखिन नै घातक बलिङ गरेका बुम्राले अफ्नो पहिलो ओभरमा नै जेसन रोयलाई डक आउट गराए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका जो रुट दुई बल खेल्दै तथा बेन स्टोक्स पहिलो बलमा नै डक आउट भए । सात रन बनाएका जोनी बैरस्टो पनि सात रन बनाउंदै बुम्राको बलमा नै आउट हुन पुगे । 

कप्तान जस बटलरले इंग्ल्यान्डको लागि सर्वाधिक ३० रनको पारी खेल्दा डेविड विलीले २१ तथा मोईन अलीले १४ रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

इंग्ल्यान्डको पारी ध्वस्त पार्ने क्रममा सात दशमलब दुई ओभर बलिङ गरेका बुम्राले तीन मेडन सहित १९ रन खर्चिएर ६ विकेट आफ्नो नाममा दर्ता गराए ।  त्यस बाहेक अर्का तिब्र गतिका बलर मोहम्मद शामीले तीन विकेट हात पारे ।       

 

Click to comment

Trending