Headline

फेरी पनि डुबायो ब्याटिङले, नेपालको लज्जास्पद हार 

Published

on

नेपाली ब्याटर चल्न नसक्दा विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक शृंखला अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग ४० रनको लज्जास्पद हारको सामना गरेको छ । 

नामिबियाले दिएको २२१ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ४६ दशमलब पाँच ओभरमा आफ्ना सबै विकेट गुमाएर १८० रन मात्र जोड्न सक्यो ।

नेपालको तर्फबाट अविजित रहेका आरिफ शेखले सर्वाधिक ५० रनको पारी खेले भने देव खनालले ३४ तथा कुशल भुर्तेलले २७ रनको पारी खेले भने अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । लगातार रुपमा विकेट गुमाएको नेपालको लागि करण केसीले १९, आसिफ शेखले १४, सोमपाल कामी र आदिल अन्सारीले समान १०-१० रनको पारी खेले भने सात बल खेलेका रोहित पौडेल डक आउट तथा दिपेन्द्र सिंह ऐरीले चार रन भन्दा जोड्न सकेनन् ।   

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ दशमलब तीन ओभरमा आफ्ना सबै विकेट गुमाएर २२० रन बनायो ।

राम्रो सुरुवात गरेको नामिबियालाई मध्यम योगफलमा रोक्ने क्रममा नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले १० ओभर बलिङ गर्दै ५४ रन खर्चिएर सर्वाधिक चार विकेट हात पारे । सन्दिप बाहेक तीब्र गतिका बलर सोमपाल कामीले दुई विकेट हात पारे  भने अर्का तीब्र गतिका बलर करण केसी, बायाँ हाते स्पिनर वसिर अहमद र अलराउण्डर दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।      

किफायती बलिङ गरेका वसिरले सात दशमलब तीन ओभरमा १८ रन मात्र खर्चिए भने करणले पाँच ओभरमा २५ तथा दिपेन्द्रले १० ओभरमा ४१ रन दिए । त्यस्तै सोमपालले सात ओभरमा ४४ रन खर्चिए ।

नामिबियाको तर्फबाट छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका निकोलले सोमपालको बलिङमा कट एण्ड बोल्ड हुनु अघि ६९ बलमा सर्वाधिक ६० रनको पारी खेले । त्यस बाहेक ओपनर डिवानककले ३२ बलमा ४१, कप्तान जेर्हार्ड एरास्मसले २२ तथा क्रेग विलियम्सले २१ रनको पारी खेले ।     

Click to comment

Trending