Headline

नव प्रवेशी गुजरातले चुम्यो आईपीएलको उपाधि 

Published

on

कप्तान हार्दिक पान्ड्या बल र ब्याट दुवैबाट चम्किए पछि पहिलो सिजनको विजेता राजस्थान रोयल्स माथि सात विकेटको सहज जित निकाल्दै नव प्रवेशी गुजरात टाइटान्सले १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चुमेको छ ।

अहमदाबादमा सम्पन्न फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले नौ विकेटको नोक्सानीमा १३० रन मात्र जोड्न सक्यो भने गुजरातले तीन विकेट गुमाएर ११ बल अगावै जित दर्ता गर्यो ।    

पहिलो पटकमा नै गुजरातलाई उपाधि दिलाउने क्रममा खेलको प्लेयर अफ द म्याच घोषित पान्ड्याले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने ३० बलमा तीन चौका र एक छक्का सहित ३४ रनको योगदान दिए ।

गुजरातको जितमा ओपनर शुबमन गिलले ४३ बलमा अविजित ४५ तथा डेविड मिलरले आक्रामक पारी खेल्दै १९ बलमा तीन चौका र एक छक्का सहित अविजित ३२ रनको पारी खेले । ओपनर रिद्दिमन साह पाँच तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका म्याथ्यु वेड आठ रनमा आउट हुँदा खराब सुरुवात गरेको गुजरातको लागि पान्ड्यागिलले ५३ बलमा ६३ तथा मिलरगिलले २९ बलमा अविजित ४७ रन जोड्दै उपाधि दिलाए ।

यस अघि पान्ड्या बाहेक रविश्रीनिवासन साई किशोरले दुई तथा रशिद खान, यश दयाल र मोहम्मद शामीले समान १-१ विकेट निकाल्दा राजस्थान सस्तोमै समेटिन पुग्यो ।

राजस्थानको लागि जस बटलरले सर्वाधिक ३९, यशस्वी जैसवालले २२, रियान परागले १५, कप्तान सन्जु सामसनले १४ तथा शिम्रोन हेटमायरट्रेन्ट बोल्टले समान ११-११ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा फाइनलमा ठुलो योगफल जोड्न सकेन ।  

Click to comment

Trending