Headline

बेंगलोरलाई पाखा लगाउँदै राजस्थान दोश्रो पटक आईपीएलको फाइनल 

Published

on

ओपनर जस बटलरले अविजित रहँदै शतकीय पारी खेल्दा रोयल च्यालेन्जर्स बेंगलोरलाई सात विकेटले पाखा लगाउँदै राजस्थान रोयल्स दोश्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

सन् २००८ मा सुरु भएको आईपीएलको पहिलो सिजनमा  नै उपाधि चुमेको राजस्थान पहिलो सिजन पछि पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो । १५ औँ संस्करणको उपाधिका लागि राजस्थानले अब नव प्रवेशी टोली गुजरात टाइटान्सको सामना गर्नेछ । राजस्थानसँग पराजित हुँदा बेंगलोरको फाइनल खेल्ने सपना चकनाचुर भएको छ । 

रजत पाटिदारले अर्धशतकीय पारी खेल्दा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको सामान्य योगफल बनायो भने जबाफी ब्याटिङ गरेको राजस्थानले बटलरको शतकीय पारीमा तीन विकेट गुमाएर ११ बल अगावै जित आत्मसाथ गर्यो ।

राजस्थानलाई दोश्रो पटक फाइनलमा पुर्याउने क्रममा ओपनर बटलरले अविजित रहँदै रनको पारी खेले । जारी सिजनको चौथो शतक प्रहार गर्ने क्रममा बटलरले ६० बल खेल्दै १० चौका र चार छक्का प्रहार गरे । बटलर बाहेक राजस्थानको जितमा कप्तान सन्जु सामसनले २३ तथा ओपनर यशस्वी जैसवालले २१ रन बनाए ।   

एलिमिनेटर खेलमा शतक प्रहार गर्दै बेंगलोरलाई क्वालिफायर्स सम्मको यात्रा तय गराएका रजत पाटिदारले ४२ बलमा सर्वाधिक ५८ रन बनाए भने कप्तान फाफ डु प्लेसिसले १५ तथा ग्लेन म्याक्सवेलले २४ रन बनाए । पुर्व कप्तान विराट कोहली सात, महिपाल लोमरोर आठ, दिनेश कार्तिक ६ तथा वानिन्दु हसरंगा गोल्डेन डकआउट भए भने शहबाज अहमदले अविजित १२ रनको पारी खेले ।

बेंगलोरका ओबेड म्याककोय र प्रसिध कृष्णाले समान ३-३ विकेट हात पारे ।    

 

Click to comment

Trending