Headline

अर्थहीन खेलमा हैदराबाद माथि पन्जाबको शानदार जित 

Published

on

यस अघि नै प्लेअफको दौडबाट बाहिरी सकेका कारण अर्थहीन खेलमा पन्जाब किंग्सले सनराइजर्स हैदराबाद माथि पाँच विकेटको सहज जित हात पारेको छ । 

१५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा यस अघि नै चार टोलीहरु – गुजरात, राजस्थान, लखनउ र बेंगलोरले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेकाले आजको हार जितले पन्जाब र हैदराबादलाई खासै ठुलो फरक परेन । आजको खेलमा जित निकाल्दा पन्जाब छैटौँ स्थानमा उक्लियो भने हैदराबाद आठौँ स्थानमा खस्कियो ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले पुरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १५७ रन मात्र जोड्न सक्यो भने पन्जाबले पाँच विकेट गुमाएर २९ बल अगावै जित सुनिश्चित गर्यो ।

हैदराबादलाई मध्यम स्कोरमा रोक्ने क्रममा खेलको प्लेयर अफ द म्याच घोषित हरप्रित ब्रारले चार ओभरमा २६ रन तथा न्याथन एलिसले चार ओभरमा ४० रन खर्चिएर समान ३-३ विकेट लिए भने कागिसो रबाडाले पनि एक विकेट आफ्नो नाममा दर्ता गराए ।

पन्जाबको जितमा ब्याटिङमा अविजित रहेका लियाम लिविंगस्टोनले आक्रामक पारी खेल्दै २२ बलमा दुई चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ४९ रन बनाए भने ओपनरद्वय शिखर धवन र जोनी बेयरस्टोले क्रमश ३९ र २३ रनको योगदान दिए ।

हैदराबादका ओपनर अभिषेक शर्माले सर्वाधिक ४३ रन जोड्दा रोमारियो शेफार्डले अविजित २६, वाशिंगटन सुन्दरले २५, ऐडेन मार्क्रमले २१ तथा राहुल त्रिपाठीले २० रनको योगदान दिए ।

  

Click to comment

Trending