Headline

अमेरिका जाने नेपाली टोलीलाई अमेरिकी राजदूतावास र क्यानको बिदाई 

Published

on

आईसीसी वर्ल्ड कप लिग टु अन्तर्गत अमेरिकामा आयोजना हुने त्रिकोणात्मक शृंखला खेल्न जान लागेको नेपाली टोलीलाई नेपाल स्थित अमेरिकी राजदूतावास र नेपाल क्रिकेट संघ (क्यान) ले बिदाई गरेको छ । 

नेपाल र अमेरिका बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुरा भएको अवसरमा नेपाल अमेरिका जान लागेको अवसरमा क्यान र दुतावासले खेलाडीहरुलाई बिदाई गरेको हो । कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्द र दुतावासका प्रेस तथा सांस्कृतिक शाखाका प्रमुख ग्यारेट ई. विल्करसनले नेपाली टोलीलाई शुभकामना दिए ।   

अमेरिकामा आयोजना हुने त्रिकोणात्मक शृंखलामा नेपालले घरेलु टोली र ओमानको सामना गर्नेछ । विश्वकप लिग टु का खेलहरु जुन आठ तारिकबाट सुरु हुनेछ । नेपाल उक्त शृंखलाका लागि यसै महिनाको अन्तिममा अमेरिकाका लागि उड्ने छ । 

 नेपाली टोलीले जुन २ र जुन ४ गरेर दुईवटा अभ्यास खेल खेल्ने छ । नेपालले आफ्नो पहिलो खेलमा नेपाली अल स्टार्सबको तथा दोश्रो खेलमा नेपालले हुस्टन हरिकेन्सको सामना गर्नेछ । 

 

Click to comment

Trending