Headline

नाटकीय जित निकाल्दा सिटीलाई प्रिमियर लिगको उपाधि, लिभरपुलको क्वाड्रपल जित्ने सपना अधुरै 

Published

on

म्यानचेस्टर सिटीले २०२१-२२ सिजनको इङ्ग्लिश प्रिमियर लिगको उपाधि चुमेको छ । आफ्नो अन्तिम लिग खेलमा एस्टन भिल्लालाई ३-२ गोल अन्तरले पराजित गर्दै सिटीले लगातार दोश्रो पटक प्रिमियर लिगको उपाधि जितेको हो । २-० ले पछि रहेको अवस्थामा पाँच मिनेटको अन्तरालमा तीन गोल गर्दै सिटीले एस्टन भिल्ला माथि  ३-२ को नाटकीय जित दर्ता गराउँदै छैटौँ उपाधी हात पार्यो ।  

आजको खेलमा उल्भरह्याम्प्टनलाई लिभरपुलले ३-१ गोल अन्तरले पराजित गरे पनि सिटीले एक अंकको अग्रता लिँदै प्रिमियर लिग आफ्नो कब्जामा पार्यो । यससँगै लिभरपुलको यस सिजन क्वाड्रपल जित्ने सपना चकनाचुर भएको छ । 

पहिलो हाफको ३७ औँ मिनेटमा म्याटी क्याशले गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाए । दोश्रो हाफको ६९ औँ मिनेटमा फिलिप्पे काउटिन्होले गोल गर्दा एस्टन भिल्ला २-० ले अघि रह्यो । खेल सकिन २१ मिनेट मात्र बाँकी रहेको अवस्थामा २-० गोल अन्तरले पछि पर्दा सिटी प्रिमियर लिग जित्ने आशामा धक्का लाग्ने अवस्थामा पुग्यो । तर खेलको ७६ औँ मिनेटमा गुन्डोगनले तथा ७८ औँ मा रोड्रीले गोल गर्दै खेल बराबरी सम्म पुर्याए । 

खेलको ८१ औँ मिनेटमा गुन्डोगनले आफ्नो व्यक्तिगत दोश्रो तथा तेश्रो गोल गर्दै सिटीको जित सुनिश्चित गराए ।       

 

Click to comment

Trending