Headline

शृंखला गुमाएको नेपालको अन्तिम खेलमा शानदार जित 

Published

on

यस अघि नै शृंखला गुमाइसकेको नेपालले युगान्डा विरुद्ध लगातार दोश्रो जित हात पारेको छ । सुरुवाती तीन खेलमा हारको सामना गर्दा शृंखला गुमाएको नेपालले पाँचौं तथा अन्तिम खेलमा ३३ रनको जित निकाल्दा पाँच खेलको शृंखला ३-२ ले गुमाएको हो ।

नेपालले दिएको १२४ रनको लक्ष्य दिएर ब्याटिङमा आएको युगान्डाले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।  

युगान्डाका रिटा मुसमालीले सर्वाधिक २६, ओपनर केविन अविनोले १५, शाकिरा सादिकले अविजित १३ तथा जानेट एमबाबाजीले १० रन प्रहार गरे पनि जितका लागि पर्याप्त भएन । 

नेपालको जितमा इन्दु वर्मा र सिता राना मगरले समान २-२ विकेट हात पार्दा अस्मिना कर्माचार्य र हिरनमायी रोयले समान १-१ विकेट आफ्नो नाममा दर्ता गरे । समान ४-४ ओभर बलिङ गरेका इन्दुले १२, सिता राना मगरले १५ तथा रोयले १७ रन खर्चिए ।  

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १२३ रनको विशाल योगफल बनायो ।

नेपालको तर्फबाट कीर्तिमानी अर्धशतक बनाउनबाट एक रनले चुकेकी ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाइन् । अर्धशतक बनाउनका लागि सर्ट सिंगल लिने प्रयासमा रन आउट भएकी पाण्डेले ६१ बल खेल्दै तीन चौका प्रहार गरिन् । उनी घरेलु मैदानमा ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाउने पहिलो खेलाडी बन्ने किर्तिमानबाट चुकेकी हुन् ।

ज्योति बाहेक नेपालको तर्फबाट कबिता जोशीले दुई चौका र एक छक्का सहित अविजित १८, ओपनर सिता राना मगरले १७ तथा अप्सरी बेगमले ११ रनको पारी खेले । त्यस बाहेक इन्दु वर्मा आठ रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री र डली भट्ट रनको खाता पनि नखोली रन आउट हुन पुगे ।

युगान्डाको तर्फबाट कोन्सी अवेकोफिओना कुलुमेले समान १-१ विकेट हात पारे । 

Click to comment

Trending