Headline

रोहितलाई उपकप्तानको जिम्मेवारी 

Published

on

मध्यक्रमका ब्याटर रोहित कुमार पौडेल यु१९ टोलीका उपकप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई अमेरिका र स्कटल्याण्ड भ्रमणका लागि उपकप्तानको जिम्मेवारी दिएको जनाएको हो ।

क्यानले रोहितलाई विश्वकप लिग टु अन्तर्गत अमेरिका र स्कटल्याण्डमा आयोजना हुने दुई त्रिकोणात्मक शृंखलाका लागि मात्र उपकप्तानको जिम्मा दिएको हो । नेपालले जुनमा अमेरिका र जुलाईमा स्कटल्याण्डको भ्रमण गर्नेछ ।   

क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई बर्खास्त गर्दै सन्दिपलाई कप्तान नियुक्त गर्दा उपकप्तान भने राखेको थिएन । सन्दिपले कप्तानी सम्हाले पछि खाली रहँदै आएको उपकप्तानमा पहिलो पटक नेपाली टोलीले उपकप्तान पाएको छ ।  

रोहितले यस अघि यु१९ टोलीको कप्तानको जिम्मेवारी सम्हाली सकेका छन् ।

नेपालको लागि १७ एकदिवसीय र १६ ट्वान्टी ट्वान्टी -अन्तर्राष्ट्रिय खेल खेलेका रोहितले क्रमश ६२३ र २२० रन प्रहार गरेका छन् । रोहितले नेपालमा नै आयोजना भएको पपुवा न्यु गिनी विरुद्धको दुई खेलको शृंखला अन्तर्गत पहिलो एकदिवसीय खेलमा कीर्तिमानी १२६ रन बनाएका थिए । एकदिवसीयमा चार अर्धशतक र एक शतक तथा ट्वान्टी ट्वान्टीमा एक अर्धशतक प्रहार गरेका रोहित नेपालको तर्फबाट एकदिवसीयको एकै पारीमा सर्वाधिक रन बनाउने ब्याटर हुन् ।   

 

Click to comment

Trending