Headline

घरेलु मैदानमा खेलेको पहिलो शृंखला नै गुमायो नेपालले  

Published

on

नेपालले घरेलु मैदानमा पहिलो पटक आयोजना भएको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृंखला गुमाउन पुगेको छ । तेश्रो खेलमा सात ६ विकेटको हार बेहोरेको नेपाल पाँच खेलको शृंखलामा ३-० ले पछि रहेको छ भने दुई खेल अगावै युगान्डाले शृंखला माथि कब्जा जमाएको छ ।     

विकेट किपर तथा ओपनर ज्योति पाण्डेले उत्कृष्ट ब्याटिङ गर्दा नेपालले १०० रनको लक्ष्य दिए पनि युगान्डाले १८ दशमलब दुई ओभर खेल्दै जित आत्मसाथ गर्यो ।  

युगान्डाको जितमा ओपनर तथा विकेट किपर केविन अविनोले सर्वाधिक ४१ रन बनाइन् भने जानेट एमबाबाजीले २७ रनको योगदान दिइन् ।

 नेपालकी कविता कुँवरले सर्वाधिक दुई विकेट हात पार्दा कप्तान रुबिना क्षेत्री र उपकप्तान इन्दु वर्माले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । 

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै आठ विकेट गुमाएर ९९ रन बनायो ।

एक छोडबाट लगातार गुमाए पनि अर्को छोड सम्हाल्दै पाण्डेले नेपालको तर्फबाट सर्वाधिक ४७ रनको पारी खेलिन् । नेपालको लागि घरेलु मैदानमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बन्नबाट तीन रनले चुकेकी पाण्डेले ५४ बलमा पाँच चौका प्रहार गरिन् । 

पाण्डे बाहेक रुबिनाले १५ बलमा अविजित १८ तथा सिता राना मगरले १२ रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अंकमा रन निकाल्न सकेनन् । नेपालका अन्य ब्याटरहरुमा ओपनर बिन्दु रावल चार, रोमा थापा र डली भट्ट समान ३-३, इन्दु वर्मा एक, सरिता मगर  कविता कुँवर डकआउट भए भने सबनम राई एक रनमा अविजित रहिन् ।    

युगान्डाका सारा अकिटेंग, कोन्सी अवेको र फिओना कुलुमेले समान २-२ विकेट हात पारे ।  

तीन खेलको शृंखलामा युगान्डा २-० ले अघि रहेको छ । शृंखलालाई जीवितै राख्ने हो भने नेपालले आजको खेल जित्नै पर्ने हुन्छ ।   

Click to comment

Trending