Headline

ज्योति पाण्डेको उत्कृष्ट ब्याटिङमा नेपालको चुनौतिपूर्ण योगफल 

Published

on

विकेट किपर तथा ओपनर ज्योति पाण्डेले उत्कृष्ट ब्याटिङ गर्दा नेपाले युगान्डालाई १०० रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै आठ विकेट गुमाएर ९९ रन बनायो ।

एक छोडबाट लगातार गुमाए पनि अर्को छोड सम्हाल्दै पाण्डेले नेपालको तर्फबाट सर्वाधिक ४७ रनको पारी खेलिन् । नेपालको लागि घरेलु मैदानमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बन्नबाट तीन रनले चुकेकी पाण्डेले ५४ बलमा पाँच चौका प्रहार गरिन् । 

पाण्डे बाहेक रुबिनाले १५ बलमा अविजित १८ तथा सिता राना मगरले १२ रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अंकमा रन निकाल्न सकेनन् । नेपालका अन्य ब्याटरहरुमा ओपनर बिन्दु रावल चार, रोमा थापा र डली भट्ट समान ३-३, इन्दु वर्मा एक, सरिता मगर  कविता कुँवर डकआउट भए भने सबनम राई एक रनमा अविजित रहिन् ।    

युगान्डाका सारा अकिटेंग, कोन्सी अवेकोफिओना कुलुमेले समान २-२ विकेट हात पारे ।  

तीन खेलको शृंखलामा युगान्डा २-० ले अघि रहेको छ । शृंखलालाई जीवितै राख्ने हो भने नेपालले आजको खेल जित्नै पर्ने हुन्छ ।   

 

Click to comment

Trending