Headline

ईपीएल आयोजना गर्न क्यानले स्वीकृति दिएको छैन – क्यान अध्यक्ष चतुर बहादुर चन्द 

Published

on

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले एभरेस्ट प्रिमियर लिग (ईपीएल) आयोजना गर्नका लागि संघले स्वीकृति नदिएको बताएका छन् । 

आज काठमाडौँमा क्यानले आफ्नो आधिकारिक फ्रेन्चाइज लिग नेपाल टि-२० लिगको मिति घोषणा गर्न आयोजना गरेको कार्यक्रममा ईपीएललाई क्यानले कुनै पनि स्वीकृति नदिएको बताएका हुन् ।

केही दिन अघि मात्र आयोजक एभरेस्ट प्रिमियर लिग प्रालीले पाँचौँ संस्करणको ईपीएल आगामी नोभेम्बर १२, कार्तिक २६ गतेबाट आयोजना गर्ने जनाएको थियो । तर अध्यक्ष चन्दले आफुहरुले यसका लागि कुनै स्वीकृति नदिएको जनाए ।

क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले पनि उक्त कार्यक्रममा बोल्दै ईपीएल आयोजकबाट स्वीकृतिका लागि आफूलाई इमेल आएको भए पनि यस विषयमा बोर्डमा केही निर्णय नभएको बताए । 

“आईसीसीको नियम अनुसार नै पनि कुनै पनि देशमा एउटा फ्रेन्चाइज लिग भन्दा आयोजना गर्न मिल्दैन । क्यानले आफ्नै आधिकारिक लिग आयोजना गर्न लागेको हुँदा यस बाहेक अन्य लिग आयोजना गर्न सम्भव हुँदैन,” चन्दले भने । “कुनै पनि आयोजकले फ्रेन्चाइज लिग आयोजना गर्दा हाम्रो अर्थात् क्यानको स्वीकृति चाहिन्छ । तर ईपीएलको हकमा न हामीले स्वीकृति दिएका छौँ न दिन नै मिल्छ ।” अध्यक्ष चन्दले स्थानीय तहका रुपमा आयोजना गर्ने हो भने अन्य लिग सान्चलन गर्न दिन सकिने बताए । 

 क्यानले आज एक कार्यक्रमको आयोजना गर्दै नेपाल टि-२० लिग सार्वजनिक गर्नुको साथै मिति पनि घोषणा गरेको छ । असोज आठ गतेबाट सुरु हुने प्रतियोगिता कार्तिक पाँच गते सम्म टीयू क्रिकेट मैदानमा सञ्चालन हुनेछ । होम एण्ड अवेमा आयोजना हुने खेलमा सहभागी ६ टोलीले एक आपसमा दुई पटक भिड्ने छन् । क्यानले ६ फ्रेन्चाइज ६ भिन्न शहरको नाममा राखिने र उक्त टोलीहरु केही समयमा नै सार्वजनिक गर्ने पनि जनाएको छ । यस सिजन एकै स्थानमा खेलाइए पनि अर्को सिजनबाट टोलीमा बढोत्तरी गर्नुको साथै होम एण्ड अवेमा खेलाइने पनि क्यानले जनाएको छ । 

क्यानले नेपाल टि-२० लिगको कमर्सियल पार्टनरका रुपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई भित्राएको छ । यस अघि क्यानको साधारण सभाले १० वर्षका लागि ४२ करोड लिने निर्णय लिएको भए पनि अब आठ वर्षका लागि ३३ करोड नेपाली रुपैयाँ लिने भएको छ ।

सेभेन थ्री स्पोर्ट्सले क्यानलाई कमर्सियल पार्टनर भए बापत दिने रकम बाहेक टीयू क्रिकेट रंगशाला स्तनोत्तरी न्तरी लागि पनि रकम खर्च गर्ने क्यानले आज आयोजित कार्यक्रममा जानकारी दिएको थियो ।

क्यानले नेपाल टि-२० लिगका खेलाडीहरुको वर्गीकरण तीन समुहमा गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले जनाए अनुसार ग्रेड सी का खेलाडीहरुको न्यनतम तलब पाँच लाख, ग्रेड बी का खेलाडीहरुको १० लाख तथा ग्रेड ए का खेलाडीहरुको न्यूनतम तलब १५ लाख हुनेछ ।   

  

Click to comment

Trending