Headline

नेपाल टि-२० लिग असोजमा, खेलाडीको तलब न्यूनतम पाँच लाख 

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाली टि-२० लिग आगामी असोजमा आयोजना हुने भएको छ । क्यानले आज एक कार्यक्रमको आयोजना गर्दै नेपाल टि-२० लिग सार्वजनिक गर्नुको साथै मिति पनि घोषणा गरेको हो ।

असोज आठ गतेबाट सुरु हुने प्रतियोगिता कार्तिक पाँच गते सम्म टीयू क्रिकेट मैदानमा सञ्चालन हुनेछ । होम एण्ड अवेमा आयोजना हुने खेलमा सहभागी ६ टोलीले एक आपसमा दुई पटक भिड्ने छन् । क्यानले ६ फ्रेन्चाइज ६ भिन्न शहरको नाममा राखिने र उक्त टोलीहरु केही समयमा नै सार्वजनिक गर्ने पनि जनाएको छ । यस सिजन एकै स्थानमा खेलाइए पनि अर्को सिजनबाट टोलीमा बढोत्तरी गर्नुको साथै होम एण्ड अवेमा खेलाइने पनि क्यानले जनाएको छ । 

क्यानले नेपाल टि-२० लिगको कमर्सियल पार्टनरका रुपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई भित्राएको छ । यस अघि क्यानको साधारण सभाले १० वर्षका लागि ४२ करोड लिने निर्णय लिएको भए पनि अब आठ वर्षका लागि ३३ करोड नेपाली रुपैयाँ लिने भएको छ ।

सेभेन थ्री स्पोर्ट्सले क्यानलाई कमर्सियल पार्टनर भए बापत दिने रकम बाहेक टीयू क्रिकेट रंगशाला स्तनोत्तरी न्तरी लागि पनि रकम खर्च गर्ने क्यानले आज आयोजित कार्यक्रममा जानकारी दिएको थियो ।

क्यानले नेपाल टि-२० लिगका खेलाडीहरुको वर्गीकरण तीन समुहमा गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले जनाए अनुसार ग्रेड सी का खेलाडीहरुको न्यनतम तलब पाँच लाख, ग्रेड बी का खेलाडीहरुको १० लाख तथा ग्रेड ए का खेलाडीहरुको न्यूनतम तलब १५ लाख हुनेछ ।   

Click to comment

Trending