Headline

आदिल, धमला र किशोर पहिलो पटक एकदिवसीय टोली

Published

on

आगामी महिना गर्ने भ्रमणका लागि नेपाली टोलीको नाम सार्वजनिक भएको छ । विश्वकप लिग टु अन्तर्गत आयोजना हुने नेपाल, अमेरिका र ओमान सम्मिलित टोलीमा तीब्र गतिका बलर किशोर महोतो, ओपनर ब्याटर सुनिल धमला र आक्रामक ब्याटर आदिल अन्सारीले पहिलो पटक एकदिवसीय राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् । 

सन् २०१७ मा घरेलु मैदानमा सम्पन्न वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको दुबै खेलमा नेपालको लागि ओपनिङ गरेका धमलाले त्यस पछि भने नेपाली टोलीमा अवसर पाउन सकेका थिएनन् । पछिल्लो पटक गत महिना घरेलु मैदानमा नै सम्पन्न जिम्बाब्वे ए विरुद्धको खेलमा नेपाली जर्सीमा खेलेका धमलाले पहिलो पटक एकदिवसीय नेपाली टोलीमा स्थान बनाएका हुन् । 

त्यस्तै किशोरले पनि पहिलो पटक नेपाली टोलीको लागि स्थान सुरक्षित गर्न सफल भएका छन् । उनले पनि यस अघि जिम्बाब्वे ए विरुद्धमा नेपाली टोलीका लागि खेलेका थिए ।

यु१९ टोलीका कप्तान देव खनालले पनि अमेरिका भ्रमणका लागि टिकट काटेका छन् । उनले पपुवा न्यु गिनी विरुद्ध घरेलु मैदानमा भएको दुई खेलको शृंखला अन्तर्गत पहिलो खेलमा डक आउट भए पनि दोश्रो खेलमा अर्धशतकीय पारी खेलेका थिए । नेपाली टोलीमा मुख्य प्रशिक्षक पुबुदु दासानायेकेले उनलाई जिम्बाब्वे ए विरुद्धको खेलमा भने तीनवटै खेलमा खेलाएका थिएनन् ।

ट्वान्टी ट्वान्टीमा आफूलाई प्रमाणित गरिसकेका आक्रामक ब्याटर आदिल अन्सारीले पनि अमेरिका भ्रमणका लागि टोलीमा पर्न सफल भएका छन् । उनी पनि पहिलो पटक एकदिवसीय टोलीमा अटाएका हुन् । 

 सन्दिप लामिछानेको कप्तानीमा रहेको नेपालले अमेरिका भ्रमणमा दुई अभ्यास खेल खेल्ने छ भने त्यस पछि जुन आठ तारिकबाट लिग टु का शृंखला खेल्ने छ ।               

सन्दिप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, बिक्रम सोब, किशोर महतो, सागर ढकाल 

Click to comment

Trending