Headline

खराब फिल्डिङका कारण जित नजिक पुगेर पनि हार्यो नेपाल 

Published

on

खराब फिल्डिङ कारण जित नजिक पुगेर पनि नेपालले युगान्डासँगको दोश्रो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा एक विकेटको हारको सामना गरेको छ । आजको खेलमा पराजित हुँदा नेपाल पाँच खेलको शृंखलामा २-० ले पछि परेको छ ।

नेपालले दिएको १०२ रनको लक्ष्य युगान्डाले एक बल बाँकी रहँदा नौ विकेट गुमाएर जित आत्मसाथ गर्यो ।     

१९ औँ ओभरको अन्तिम दुई बल तथा २० औँ ओभरको सुरुवाती दुई बलमा विकेट निकाल्दै नेपाल जित नजिक पुगे पनि खराब फिल्डिङ गर्दा हार बेहोर्न बाध्य भएको हो । 

युगान्डाको जितमा रिटा मुसमालीले सर्वाधिक ३० रन बनाइन् भने फ्र्यांकलिन नाजुम्बाले १९ तथा जानेट एमबाबाजीले १६ रनको योगदान दिए । 

नेपालको तर्फबाट सबनम राई र कविता कुँवरले समान २-२ विकेट हात पारे भने कविता कुँवर, सिता राना मगर र कप्तान रुबिना क्षेत्रीले समान १-१ विकेट हात पारे । रुबिनाले चार ओभरमा १६ तथा कविताले तीन दशमलब पाँच ओभरमा १८ रन खर्चिए । 

नेपालले दोश्रो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा युगान्डालाई १०२ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै सात विकेट गुमाएर १०१ रन बनायो ।   

नेपालको तर्फबाट ओपनर बिन्दु रावलले ३६ बल खेल्दै सर्वाधिक २६ रन बनाइन् भने चौथो नम्बरमा ब्याटिङ गर्दै सरिता मगरले २७ बलमा २२ रनको योगदान दिइन् ।

ओपर इन्दु वर्मा पाँच तथा अप्सरी बेगम ६ रनमा आउट हुँदा खराब सुरुवात गरेको नेपालको लागि सरिता र बिन्दुले पारी सम्हालेका थिए । नेपालका अन्य ब्याटरमा सिता राना मगर ६, कविता जोशी डक आउट भए । 

त्यस बाहेक कप्तान रुबिना क्षेत्री अन्तिम बलमा रन आउट हुनु अघि १५ बलमा १७ तथा डली भट्टले सात बल खेल्दै एक छक्काको मद्धतमा अविजित नौ रनको पारी खेलिन् ।

युगान्डाकी जानेट एम्बाबाजीले सर्वाधिक दुई विकेट हात पारिन् ।        

 

Click to comment

Trending