Headline

नेपालले दियो १०२ रनको चुनौतिपूर्ण लक्ष्य 

Published

on

नेपालले दोश्रो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा युगान्डालाई १०२ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै सात विकेट गुमाएर १०१ रन बनायो ।   

नेपालको तर्फबाट ओपनर बिन्दु रावलले ३६ बल खेल्दै सर्वाधिक २६ रन बनाइन् भने चौथो नम्बरमा ब्याटिङ गर्दै सरिता मगरले २७ बलमा २२ रनको योगदान दिइन् ।

ओपर इन्दु वर्मा पाँच तथा अप्सरी बेगम ६ रनमा आउट हुँदा खराब सुरुवात गरेको नेपालको लागि सरिता र बिन्दुले पारी सम्हालेका थिए । नेपालका अन्य ब्याटरमा सिता राना मगर ६, कविता जोशी डक आउट भए । 

त्यस बाहेक कप्तान रुबिना क्षेत्री अन्तिम बलमा रन आउट हुनु अघि १५ बलमा १७ तथा डली भट्टले सात बल खेल्दै एक छक्काको मद्धतमा अविजित नौ रनको पारी खेलिन् ।

युगान्डाकी जानेट एम्बाबाजीले सर्वाधिक दुई विकेट हात पारिन् ।        

 

Click to comment

Trending