Headline

खराब ब्याटिङका कारण टियुमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपालको हार 

Published

on

घरेलु मैदान टियु क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेको नेपालले हारको सामना गरेको छ । युगान्डासँगको पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालले १२ रनको हार बेहोरेको हो । हारसँगै नेपाल पाँच खेलको शृंखलामा १-० ले पछि रहेको छ ।

१०३ रनको सामान्य लक्ष्य सहित ब्याटिङमा आएको नेपालले खराब ब्याटिङ गर्दा पुरै २० ओभर खेल्दै नौ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

नेपालको तर्फबाट इन्दु वर्माले सर्वाधिक १६ रन जोड्दा डली भट्टले १३, बिन्दु रावलले १२ र कविता कुँवरले अविजित ११ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन निकाल्न सकेनन् । नेपालले तीन विकेट रन आउटका रुपमा गुमाएको थियो ।     

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाले पुरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १०२ रन मात्र जोड्न सक्यो ।

युगान्डाको तर्फबाट जानेट एम्बबाजीले सर्वाधिक २९ रन बनाइन् भने रिटा न्यनगेन्दोले १८, केविन अविनोले १५ तथा रिटा मुसमालीले अविजित रहँदै १३ रनको योगदान दिइन् । 

युगान्डालाई सानो योगफलमा रोक्ने क्रममा कविता कुँवरले चार ओभरमा १५ रन दिएर सर्वाधिक दुई विकेट हात पारिन् भने कविता जोशी, इन्दु वर्मा र कप्तान रुबिना क्षेत्रीले आआफ्नो नाममा समान १-१ विकेट दर्ता गराए । 

समान ३-३ ओभर बलिङ गरेका कविता र इन्दुले क्रमश १२ र १४ रन खर्चिएर भने महँगो साबित भएकी कप्तान रुबिनाले चार ओभरमा ३० रन खर्चिन पुगिन् । विकेट निकाल्न नसके पनि निकै किफायती बलिङ गरेकी सबनम राईले तीन ओभरमा ६ रन मात्र खर्चिन पुगिन् ।   


 

Click to comment

Trending