Headline

नेपाली महिला खेलाडीको तलबमा भारी वृद्धि  

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला टोलीको मासिक तलबमा भारी वृद्धि गरेको छ । क्यानको हालै बसेको बोर्ड बैठकले महिला खेलाडीहरुको तबल बढाउने निर्णय लिएको हो । क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले सेन्ट्रल कन्ट्रयाक्टमा रहेका नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यहरुको तलबमा वृद्धि भएको पुष्टि गरेका छन् । 

मल्लका अनुसार क्यानले ग्रेड ए र बि का खेलाडीहरुको तलब समान ६-६ हजारले तथा ग्रेड सि का खेलाडीहरुको तलब पाँच हजारले बढाउने भएको छ । यस अघि ए ग्रेडका खेलाडीहरुले १५ हजार मासिक तलब बुझ्दै आएकोमा अब उनीहरुले २१ हजार बुझ्ने छन् भने १२ हजार थाप्दै आएका बि ग्रेडका खेलाडीहरुले १८ हजार थाप्ने छन् । त्यस्तै सि ग्रेडका खेलाडीहरुको तलब १० हजारबाट १५ हजार पुगेको छ ।   

यस्तै क्यानले पुरुष खेलाडीहरुको तलब पनि बढाउन लागेको मल्लले बताए । 

नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक आफ्नो घरेलु मैदानमा ट्वान्टी ट्वान्टी शृंखला खेल्न लागेको हो । यस अघि नेपालले गत नोभेम्बरमा कतार भ्रमण गर्दै पहिलो पटक ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । घरेलु टोली विरुद्धको तीन खेलको शृंखलामा नेपालले क्लिन स्विप गरेको थियो ।

नेपालले आफ्नै घरेलु मैदानमा ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल पछिल्लो पटक सन् २०१९ को अन्त्यमा आयोजना भएको दक्षिण एसियाली खेलकुद साग अन्तर्गत क्रिकेटमा खेलेको थियो ।

नेपाल र युगान्डा बीचको पाँच खेलको शृंखला अन्तर्गतको पहिलो खेल आज हुनेछ भने भोलि जेठ ३ मा दोश्रो खेल आयोजना हुनेछ । एक दिनको विश्राम पछि लगातार तीन खेल आयोजना हुने तालिका रहेको छ ।  

नेपाली टोली : रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, कबिता कुँवर, अप्सरी बेगम, कबिता जोशी, डली भट्ट, अश्मिना कर्माचार्य, संगीता राई, सबनम राई, रोमा थापा, सरिता मगर, बिन्दु रावल, हिरनमायी रोय 

Click to comment

Trending