Headline

चेन्नाई माथि शीर्ष स्थानको गुजरातको सहज जित   

Published

on

ओपनर रिद्दिमन साहले अर्धशतक प्रहार गर्दा शीर्ष स्थानमा रहेको गुजरात टाइटान्सले  इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनको आफ्नो १३ औँ खेलमा  यस अघि नै समुह चरणबाट नै बाहिरी सकेको चेन्नाई सुपर किंग्स माथि सात विकेटको सहज जित हात पारेको छ । आजको खेलमा जित निकाल्दै गुजरातले पहिलो स्थानमा आफ्नो पकड बनाएको छ । 

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभर खेल्दै पाँच विकेट गुमाएर १३३ रन भन्दा जोड्न सकेन भने गुजरातले तीन विकेटको क्षेतीमा पाँच बल अगावै लक्ष्य पार गर्यो ।

गुजरातको जितमा खेलको प्लेयर अफ द म्याच घोषित विकेट किपर तथा ओपनर रिद्दिमन साहले ५७ बल खेल्दै आठ चौका र एक छक्का सहित अविजित ६७ रन बनाए । त्यस बाहेक म्याथ्यु वेडले २०, ओपनर शुमबन गिलले १८ तथा डेविड मिलरले अविजित १५ रनको योगदान दिए ।

यस अघि रुतुराज गायकवाडले सर्वाधिक ५३, नारायण जगदिसनले अविजित ३९ तथा मोईन अलीले २१ रन बनाए पनि अन्य ब्याटरहरुले दोहोरो अंकमा रन जोड्न सक्दा चेन्नाई सानो योगफलमा नै रोकिन पुग्यो ।

चेन्नाईलाई सानो स्कोरमा रोक्ने क्रममा मोहम्मद शामीले चार ओभरमा १९ रन दिएर सर्वाधिक दुई विकेट लिए ।     

 

Click to comment

Trending