Headline

चेल्सीलाई पेनाल्टी सुट-आउटमा हराउँदै लिभरपुलले चुम्यो एफए कपको उपाधि

Published

on

चेल्सीलाई पेनाल्टी सुट-आउटमा पराजित गर्दै लिभरपुलले १६ वर्ष पछि एफए कपको उपाधि चुमेको छ ।

वेम्ब्ली रंगशालामा १२० मिनेटको खेल बराबरीमा टुंगिए पछि भएको पेनाल्टी सुट-आउटमा चेल्सीलाई ६-५ ले हराउँदै लिभरपुलले उपाधि हात पारेको हो । सडेन-डेथमा कोस्तास सिमिकासले गोल गर्दा लिभरपुलले उपाधि चुम्न सफल भयो ।

दुबै टोलीले एक पछि अर्को आक्रमण बुने पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा ९० मिनेटको खेल बराबरीमा सकियो । त्यस पछि थपिएको ३० मिनेटको समयमा पनि दुबै टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टीमा पुगेको हो ।

लिभरपुलले पछिल्लो पटक सन् २००६ मा एफए कपको उपाधि चुमेको थियो । त्यस्तै पछिल्लो पटक सन् २०१२ मा एफए कपको फाइनलमा स्थान बनाएको लिभरपुल १० वर्ष पछि फाइनल सम्मको यात्रा मात्र तय गरेन उसले उपाधि नै जित्न सफल रह्यो । 

यस पटकको एफए कपको उपाधि लिभरपुलको आठौँ उपाधि हो । आजको जित पछि लिभरपुल सबैभन्दा धेरै एफए कपको उपाधि जित्ने क्लबको सुचीको तेश्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानमा रहेको आर्सनलले सबैभन्दा धेरै १४ पटक यस उपाधि जितेको छ भने म्यानचेस्टर युनाइटेडले १२ पटक जितेको छ । त्यस्तै तेश्रो स्थानमा रहेका चेल्सी, टोटनह्याम र लिभरपुलले समान ८-८ उपाधि चुमेका छन् ।   

Click to comment

Trending