Headline

अमेरिका भ्रमणमा नेपालले दुई अभ्यास खेल खेल्ने 

Published

on

विश्वकप लिग टु अन्तर्गत अमेरिकामा आयोजना हुने त्रिकोणात्मक शृंखला अघि नेपालले दुई अभ्यास खेल खेल्ने भएको छ ।

अमेरिकामा आयोजना हुने त्रिकोणात्मक शृंखलामा नेपालले घरेलु टोली र ओमानको सामना गर्नेछ । उक्त शृंखला अघि नेपालले दुईवटा अभ्यास खेल खेल्न लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले जनाए अनुसार नेपाली टोली मे २९ तारिकमा अमेरिका पुग्ने छ । एक दिनको आराम पछि नेपाली टोलीले मे ३१ तारिकमा अभ्यास गर्नेछ । त्यसै नेपाली टोलीले जुन २ र जुन ४ गरेर दुईवटा अभ्यास खेल खेल्ने छ ।

नेपाल विरुद्ध हुने पहिलो खेलमा नेपाली अल स्टार्सबटा नेपाली टोलीका पूर्व बायाँ हाते स्पिनर बसन्त रेग्मी, पृथु बास्कोटा, यु१९ का पुर्व खेलाडी कनिस्क चौगाई खेलाडी खेल्ने छन् । त्यस्तै आफ्नो दोश्रो खेलमा नेपालले हुस्टन हरिकेन्ससँग खेल्ने छ । इंग्ल्यान्डका पूर्व तीब्र गतिका बलर लियाम प्लंकेटले नेपाली अल स्टार टोलीको प्रशिक्षण गर्नेछन् ।  

यस अघि नेपालले अमेरिकामा हुने शृंखला अघि क्यानडाको भ्रमण गर्ने कार्यक्रम रहेको थियो । तर नेपालले अमेरिका बाहेक क्यानडा र स्कटल्याण्डको पनि भिसा लगाउन पर्ने भएका कारण समय कम भएकाले गर्दा क्यानडा जान नभ्याउने भए पछि अमेरिकामा नै अभ्यास खेल खेल्न लागेको हो ।

विश्वकप लिग टु का खेलहरु जुन आठ तारिकबाट सुरु हुनेछ । नेपाल उक्त शृंखलाका लागि यसै महिनाको अन्तिममा अमेरिकाका लागि उड्ने छ । 

 

 

Click to comment

Trending