Headline

यु१९ टोलीकी रोय पहिलो पटक राष्ट्रिय टोलीमा

Published

on

आगामी सोमबारबाट घरेलु मैदानमा आयोजना हुने युगान्डासँगको पाँच खेलको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोलीको नाम सर्वाजनिक भएको छ ।

रुबिनाको कप्तानीमा घोषित टोलीमा हिरनमायी रोयले पहिलो पटक नेपाली टोलीमा स्थान बनाउन सफल भएकी छिन् भने धेरै जसो खेलाडीहरु पछिल्लो पटक युएईमा सम्पन्न ट्वान्टी ट्वान्टी विश्वकप छनोट एसियामा परेकाले नै निरन्तरता पाएका छन् । यु१९ टोलीकी रोयलाई मुख्य प्रशिक्षक जगत टमाटाले नेपाली टोलीमा स्थान दिएका हुन् ।     

नेपालले पहिलो पटक आफ्नो घरेलु मैदानमा ट्वान्टी ट्वान्टी शृंखला खेल्न लागेको हो । यस अघि नेपालले गत नोभेम्बरमा कतार भ्रमण गर्दै पहिलो पटक ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । घरेलु टोली विरुद्धको तीन खेलको शृंखलामा नेपालले क्लिन स्विप गरेको थियो ।

नेपालले आफ्नै घरेलु मैदानमा ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल पछिल्लो पटक सन् २०१९ को अन्त्यमा आयोजना भएको दक्षिण एसियाली खेलकुद साग अन्तर्गत क्रिकेटमा खेलेको थियो ।

नेपाल र युगान्डा बीचको पाँच खेलको शृंखला अन्तर्गतको पहिलो खेल मे १६, जेठ २ गते आयोजना हुनेछ भने त्यसको भोलिपल्ट जेठ ३ मा दोश्रो खेल आयोजना हुनेछ । एक दिनको विश्राम पछि लगातार तीन खेल आयोजना हुने तालिका रहेको छ ।  

नेपाली टोली : रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, कबिता कुँवर, अप्सरी बेगम, कबिता जोशी, डली भट्ट, अश्मिना कर्माचार्य, संगीता राई, सबनम राई, रोमा थापा, सरिता मगर, बिन्दु रावल, हिरनमायी रोय 

Click to comment

Trending